2 years ago
July 28, 2023
एजेन्सी – पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै अर्जेन्टिना फिफा महिला विश्वकपमा हारबाट जोगिएको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

डुनेडिन स्टेडियम न्युजिल्यान्डमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाकी लिन्डा मोटहालो र थेम्वीले गोल गर्दा अर्जेन्टिनाकी सोफी ब्राउन र रोमिना नुनेजले बराबरी गोल फर्काइन् । खेलमा अर्जेन्टिनाले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल खान पुगेको थियो ।
३०औं मिनेटमा लिन्डाको गोलबाट अर्जेन्टिना खेलमा पछि परेको थियो । उनले थेम्वीको पासमा गोल गर्न सफल भएकी थिइन् । ६६औं मिनेटमा थेम्वीले जर्मेन सिओपोसेन्वीको पासमा गोल गरेपछि अर्जेन्टिना खेलमा २–० ले पछि पर्यो ।
दुई गोलले पछि परेपनि नडगमगाएको अर्जेन्टिनाले ७४औं मिनेटमा गोल गर्दे टोलीलाई खेलमा फर्काउने संकेत दिए । सोफीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याइन् । त्यसपछि ७९औं मिनेटमा रोमिना नुनेजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । उनले यमिला रोड्रिग्वेजको पासमा गोल गर्न सफल भएकी थिइन् ।

त्यसपछि पनि अर्जेन्टिनाले खेलमा दवाव बढाएपनि थप गोल गर्न नसक्दा अर्जेन्टिना हारबाट जोगिन सफल भयो । दक्षिण अफ्रिकाले भने दुई गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो ।
यस बराबरीसँगै समूह ‘जी’ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाले समान १ अंक जोडेका छन् । दुवै टोली पहिलो खेलमा पराजित भएको थियो ।
अर्जेन्टिना इटालीसँग १–० ले पराजित हुँदा दक्षिण अफ्रिका स्वीडेनसाग २–१ ले पराजित भएको थियो । यो समूहमा स्वीडेन र इटालीको समान ३ अंक रहेपनि बढी गोलको आधारमा अघि छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]