2 years ago
July 31, 2023
वेलिङटन – उपाधि दावेदार स्पेनमाथि सानदार जित निकाल्दै एसियाली राष्ट्र जापान समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनमाथि ४–० को सानदार जित निकाल्दै जापान समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । हारका बावजुत स्पेन पनि समूहको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।
न्युजिल्यान्डस्थित वेलिङ्टन रिजनल स्टेडियममा सोमबार भएको खेलमा स्पेनले ७७ प्रतिशत बल पोसेसन राखेपनि लगातार गोल खाईरह्यो । जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई तथा रिको युकी र मीना तानाकाले समान एक गोल गरिन् । पहिलो हाफमा तीन गोल गरेको जापानले दोस्रो हाफमा एक गोल थपेको थियो ।
खेलको १२औं मिनेटमा हिनाता मियाजावाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाइन् । उनले जुन इन्डोको पासमा गोल गर्न सफल भएकी थिइन् । २९औं मिनेटमा रिकोले गोल गर्दै जापानको अग्रता दोब्बर पारिन् । उनले मियााजावाको पासमा गोल गर्न सफल भइन् ।

४०औं मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि जापन पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा पुग्यो । सुरुको तीनै गोल नै काउन्टर अट्याकमा थियो ।
८२औं मिनेटमा मीना तानाकाले गोल गर्दै जापानलाई सानदार जित दिलाइन् । उनले मियावी मोरियाको पासमा गोल गर्न सफल भइन् ।
यस जितले अपराजित रहेको जापानले तीन खेलबाट ९ अंक बटुल्यो । जापानसँग पराजित स्पेन ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यो समूहमा जाम्वियाले ३ तथा कोस्टा रिका अंकविहीन बनेर बाहिरियो ।
अब जापानले प्रि–क्वाटरफाइनलमा समूह ‘बी’ को उपविजेता नर्वेसँग तथा स्पेनले समूह ‘ए’ को विजेता स्वीट्जरल्यान्डसँग खेल्नेछ ।
सोमबार नै ह्यामिल्टनमा भएको यही समूहको अर्काे खेलमा जाम्वियाले कोस्टा रिकालाई ३–१ ले पराजित गर्दै समूहमा सान्त्वना जित निकालेको छ । जाम्वियाको जितमा लुसोमो मेम्वा, बारब्रा बन्डा र रचेल कुन्दानान्जीले गोल गरिन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]