2 years ago
August 3, 2023
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा बराबरी गोल गर्दै हारबाट जोगाएपछि अल नासर अरब च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा जामालेकसँग १-१ को बराबरी खेल्दै अल नासर समूह उपविजेताको हैसियतले नकआउट चरणमा पुगेको हो । समूह सी मा अल नासरले ३ खेलमा ५ अंक जोड्दा अल शबाब ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रहयो ।
जामालेकका लागि जिजोले ५४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर रोनाल्डोले ८७ औं मिनेटमा हेडरमार्फत बराबरी गोल गर्दै अल नासरलाई अघि बढाएका थिए । यदि रोनाल्डोले बराबरी गोल नफर्काएको भए अल नासर प्रतियोगिताबाट बाहिरिएर जामालेक समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्ने थियो ।

अल नासरले अब ६ अगस्टमा हुने क्वाटरफाइनलमा मोरक्कोको राजा कलासाबान्काको सामना गर्नेछ । राजाले समूह डी को सबै ३ खेलमा जित हासिल गरेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]