2 years ago
August 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली एवं सातदोबाटो युवा क्लबका फरवार्ड दीपक राज सिंह ठकुरी अष्ट्रेलिया पलायन भएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगमा १२ गोल गर्दै नेपाली खेलाडीमध्य सर्वाधिक गोल गरेका दीपक सोमबार अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन् । उनले सातदोबाटोबाट उत्कृष्ट प्रदर्शन गरेसँगै पहिलो पटक राष्ट्रिय टोलिया स्थान बनाएका थिए ।
थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका दीपकले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै हार टारेका थिए । त्यसपछि साफ च्याम्पियनसिप २०२३ को टोलीमा परेपनि उनले मैदानमा उत्रने अवसर भने पाएका थिएनन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अक्टोबरमा हुने विश्वकप छनोटका लागि घोषित प्रारम्भिक टोलीमा उनलाई समेटेका थिएनन् ।
नेपाल सुपर लिग (एनएसएल) को अक्सनको तयारी हुँदै गर्दा अष्ट्रेलिया पुगेका केही खेलाडी स्वदेश फर्कने चर्चा छ । यसबीचमा दीपक पलायन हुनुले भने नेपाली फुटबलमा पुन: एकपटक खतराको घन्टी बजेको छ । एएफसी कप अन्तर्गत मच्छिन्द्र क्लबबाट खेलेपछि थप केहि खेलाडी पनि अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा रहेको बुझिएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]