2 years ago
August 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टर, कपनमा बुधबार सुरु हुँदा चेल्सी र रिब्स ए (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

समूह ‘सी’ मा रहेको चेल्सीले चाँदबागलाई ५–०, दोस्रो खेलमा रिब्स बीलाई ५–० र अन्तिम खेलमा त्रिज्योतीलाई १–० ले हराएर ९ अंक जोड्दै शीर्ष स्थानमा कब्जा गरेर अन्तिम आठमा स्थान पक्का गरेको हो । त्रिज्योतीले ६ अंक र रिब्सले ३ अंक जोडे भने चाँदबाग अंकविहिन रह्यो ।
रिब्स ए टिमले ग्यलेक्सीलाई ५–० र फेरिल्यान्डलाई ४–१ ले पराजित गर्दै तीन टिम रहेको समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । ग्यालेक्सीले फेरिल्यान्डलाई २–१ ले हराउँदै समूहमा दोस्रो स्थानमा हासिल ग¥यो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनमा नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मछिन्द्र क्लबका कप्तान एवम् गोलकिपर विशाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

२९ स्कुलका ३० टिम सहभागि प्रतियोगितामा जोसेफ, बालविकास, जुगल र काष्ठमण्डप समूह ‘ए’ मा रहेका छन् । लिम्पिया, इम्पेरियल, साम्तेन र लिभिङ वल्र्ड समूह ‘बी’ मा एकलव्य, माउन्ट ग्लोरी, लर्ड्स लाइट र हाइली क्रिएटिभले समूह ‘ई’ मा प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यस्तै, बोधिसदन, टाइमलाइन्स, न्याम्स र मनकामना स्कुल समूह ‘एफ’ मा छन् भने बृहस्पति विद्यासदन, ब्रम्ह कुन्ज, बालबाटिका र नेपालय समूह ‘जी’ मा तथा नेइबरउड, वेदव्यास र रिलायन्स रहेका छन् ।
समूह चरणको प्रतिस्पर्धा बिहीबार टुंगिने छ । आठ समूहमा शीर्ष स्थानमा रहने आठ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल शनिबार हुने छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]