2 years ago
August 12, 2023
सिड्नी – उपाधि दावेदार इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । कोलम्बियामाथि २–१ को पूनरागमन जित निकाल्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डको जितमा लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन् । कोलम्वियाकी लेसी सान्तोषको गोल सान्त्वना बन्यो । स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको खेलमा इंग्ल्यान्डले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल खान पुगेको थियो ।
४४औं मिनेटमा लिसी सान्तोषले गोल गर्दै यो सिजन लयमा रहेको कोलम्वियालाई १–० को अग्रता दिलाइन् । उनले लिन्डा काइसेडोको पासमा गोल गर्न सफल भएकी थिइन् । तर, कोलम्वियाको त्यो अग्रता लामो समय टिकेन ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा लौरेन हेम्पले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ६३औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा २–१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड २–१ ले विजयी हुन सफल भयो ।
इंग्ल्यान्डको जितसँगै अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब इंग्ल्यान्डले सेमिफाइनलमा सह–आयोजक अष्ट्रेलियासँग खेल्नेछ ।
अर्काे सेमिफाइनलमा स्पेन र स्वीडेनबीच खेल हुनेछ । पहिलो सेमिफाइनल १५ अगस्टमा हुनेछ । १६ अग्रस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।
शनिबारै सह–आयोजक अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ ले पराजित गर्दै पहिलोपल्ट सेमिफाइनलमा स्थान बनाएको छ । निर्धारित र थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।
अष्ट्रेलिया विश्वकपको इतिहासमा पहिलोपल्ट सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसअघि अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा क्वाटरफाइनलबाट बाहिरिदा २०१९ मा भने प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
ब्रिसवेन स्टेडियम टाइब्रेकरमा घरेलु टोली अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्न सफल हुँदा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नाेल्डले गोल गर्न सकिनन् । सडन डेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टले गोल गर्न सकिनन् ।
फ्रान्सकी सेल्मा बाचाले पहिलो पेनाल्टी चुकाउँदा कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनी ले सोमेरले गोल गर्न सफल भइन् । इभ पेरिसेटले गोल गनए सकिनन् । सडन डेथमा ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गर्न सफ हुँदा केन्जा डाली र भिकी बेचोले गोल गर्न सकिनन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]