2 years ago
August 13, 2023
एजेन्सी – साविक विजेता तथा कीर्तिमानी १० पल्टको च्याम्पियन बायर्न म्युनिखमाथि सानदार जित दर्ता गर्दै आरबी लाइप्जिग पहिलाेपल्ट जर्मन सुपर कपको च्याम्पियन बनेको छ ।

स्पेनिस विंगर डानी ओल्मोले ह्याट्रिक पूरा गरेपछि लाइप्जिगले लगातार तीन संस्करणको च्याम्पियन बायर्नमाथि ३–० को सानदार जित दर्ता गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
यस जितसँगै लाइप्जिगले गत संस्करणको फाइनलमा भोगेको हारको बदला लिएको छ । गत संस्करणमा बायर्नले ५–३ को जित निकाल्दै च्याम्पियन बनेको थियो । तर, यसपटक बायर्नले त्यो नतिजालाई निरन्तरता दिन सकेन ।
एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नले बल पोसेसन राख्दै दवाब बढाएपनि गोल गर्न नसक्दा अर्काे तर्फ लाइप्जिगले पाएको अवसरलाई सदुपयोग गर्दै सानदार जित दर्ता गर्न सफल भयो ।

बेन्चबाट जर्मन सुपर कपको फाइनल सुरुवात गरेका इंग्लिस क्लब टोटेनहम हटस्परका इंग्लिस फरवार्ड ह्यारी केनको आगमनले जर्मन च्याम्पियन बायर्न म्युनिख जर्मन सुपर कपको लागि उच्च मनोवलमा थियो ।
पछिल्लो तीन वर्षदेखि उपाधि जितिरहेको बायर्नबाट धेरैले केनले जर्मनीमा आएको केही घण्टामै आफ्नो पहिलो प्रमुख उपाधि जित्न सकेको विश्वास गरेका थिए । तर, खेलमा त्यसो हुन सकेन ।
तर, स्पेनिस विंगर डानी ओल्मोको शानदार ह्याट्रिक सहयोगमा आरबी लाइप्जिग ३–० ले पराजित भएसँगै केनको उत्साहजनक आगमन खल्लो बनेको छ । स्पेनिस फरवार्डले एलिएन्ज एरिनामा लाइप्जिगलाई पहिलोपटक सुपरकप उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाए ।

खेलको दोस्रो मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाए । उनले बेन्जामिन हेनरिचको पासमा गोल गर्द सफल भए । ४४औं मिनेटमा ओल्मोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लाइप्जिग पहिलो हाफमा २–० ले अघि बढ्यो ।
६८औं मिनेटमा ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै बायर्नलाई लज्जास्पद हार चखाए । पेनाल्टी बक्समा नोउसेइर माज्राओइले हातले बल छुन पुगेपछि रेफ्रीले लाइप्जिगलाई पेनाल्टी प्रदान गर्दा ओल्मो चुकेनन् ।
बायर्नले ६३औं मिनेटमा भर्खरै क्लबमा अनुबन्ध भएका इंग्लिस फरवार्ड ह्यारी केनलाई खेलाएपनि खेललाई बदल्न सकेन । लाइप्जिगसँगको हारसँगै फरवार्ड केन पहिलो ट्रफी जितन्बाट वञ्चित बन्यो ।
जर्मन सुपर कपमा लाइप्जिग पहिलोपल्ट च्याम्पियन बनेको हो । लाइप्जिग गत संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]