2 years ago
August 13, 2023
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) नयाँ लिग सिजनको पहिलो खेलमा गोल गर्न असफल भएको छ ।

घरेलु मैदानमा लोरीएन्टविरुद्ध बल पोसेसनमा पकड जमाउँदै आक्रामक फुटबल खेलेपनि अवसर सदुपयोग गर्न नसक्दा पिएसजी गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमारलाई टोलीमै नराखेको पिएसजीले उपाधि रक्षामा सोचेजस्तो सुरुवात गर्न सकेन ।
पिएसजीले खेलमा ७८ प्रतिशत बल पोसेसन राख्दै थुप्रै आक्रमण सिर्जना गरेको थियो । तर टोलीले प्रहार गरेका २० मध्य ४ प्रहारले मात्र विपक्षी गोलरक्षकलाई समस्या दिएको थियो ।
इन्ज्युरी समयमा म्यानुएल उगार्टेले गोल गर्न नजिक पुगेपी उनको प्रहार बाहिरिएको थियो । पिएसजीका लागि बार्सिलोनाबाट ट्रान्सफर भएका ओस्मान डेम्बेले टोलीमा थिएनन् । उनी अर्को खेलका लागि उपलब्ध हुनेछन् ।
अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीको प्रस्थान तथा नेयमार र एमबाप्पेसँग क्लबको असन्तुष्टिले मैदानमा पनि असर परिरहेको छ । यसबीचमा ब्राजिलियन फरवार्डले पनि क्लब छाड्ने भएका छन् ।
नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । क्लब र खेलाडी दुवैको सहमतिमा उनले यस सिजन नखेल्ने निर्णय भएको हो । एमबाप्पेको पक्षमा भने पिएसजीले उनलाई सम्झौता नविकरण गर्न दवाव दिइरहेको छ । एमबाप्पे भने यस सिजन क्लबमै बसेर अर्को सिजन फ्री एजेन्ट बन्ने सुरमा छन् ।
लिगकै अर्को खेलमा मार्सेले राइम्सलाई २-१ ले पराजित गर्यो । त्यसअघि शुक्रबार राती निस र लिलको खेल १-१ को बराबरीमा सकिएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]