default_image

9 months ago

August 13, 2023

एमबाप्पेलाई प्रशिक्षणमा फर्काउने पिएसजीको निर्णय

1492 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई प्रशिक्षणमा फर्काउने निर्णय गरेको छ ।

नयाँ सम्झौता गर्न नमानेको भन्दै क्लबले गत महिना एमबाप्पेलाई सिनियर टोलीबाट बाहिर राख्दै आएको थियो । क्लबले उनलाई प्रि सिजनको एसिया भ्रमणमा पनि समेटेको थिएन । एमबाप्पेबिना क्लबले प्रि सिजनमा निकै संघर्ष गरेको थियो ।

गएराती सम्पन्न लोरीएन्ट विरुद्ध खेलमा पनि एमबाप्पे दर्शक दिर्घामा रहेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकियो । क्लबले आइतबार विहान एक विज्ञप्ति जारी गर्दै एमबाप्पे र क्लबबीच शनिबारको खेलअघि सकारात्मक छलफल भएको जनाउँदै उनलाई प्रशिक्षणमा समावेश गर्ने निर्णय लिएको छ । क्लबले उनलाई आजदेखि नै मुख्य टोलीसँग राख्ने निर्णय लिएको छ ।

सम्झौताको अन्तिम सिजनमा खेलिरहेका एमबाप्पेले नयाँ सम्झौता गर्न मानिरहेका थिएनन् । क्लबले उनले नवीकरण नगरे यसै महिना ट्रान्सफर हुनुपर्ने बताएको थियो । तर एमबाप्पेले भने यो सिजन पिएसजी बसेर अर्को सिजन फ्री एजेन्ट बन्ने सोच बनाएका थिए ।

त्यसो त एमबाप्पेमाथि रियल म्याड्रिडसँग अर्को सिजनका लागि मौखिक सम्झौता भइसकेको आरोप पनि लागेको छ । तर यसलाई एमबाप्पेको व्यवस्थापनले पटक पटक नकारेको छ ।

एमबाप्पेका लागि अल हिलालले गत महिना ३ सय मिलियन युरोको प्रस्ताव राखेको थियो । उक्त प्रस्ताव पिएसजीले स्वीकार गरेपनि एमबाप्पे आफैंले जान मानेका थिएनन् । यस साता उक्त प्रस्ताव अब नेयमारका लागि केहि रकम घटेर आउने सम्भावना छ ।

पिएसजीले अर्को शनिबार लिग अन्तर्गत टुलुजसँग खेल्दैछ । त्यसबेलासम्म एमबाप्पेबारे क्लबले सटिक निर्णय गर्ने सम्भावना छ ।

May 23, 2024

बायर लिभकुसनलाई स्तब्ध पार्दै एटलान्टा च्याम्पियन

एजेन्सी – यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ । डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र […]

May 22, 2024

महावीरलाई हराउँदै बागमती शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – महावीर क्लब माथि फराकिलो जित हात पार्दै बागमती युथ क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले महावीर माथि ४-० को फराकिलो जित दर्ता गरेको हो । बागमतीका लागि राज भुसालले दुई गोल गरे भने दिपेश राई र सृजन राज गौतमले […]

May 22, 2024

युरोपा लिग फाइनल आज: लेभरकुसेनविरुद्ध एटालान्टा

एजेन्सी – युइएफए युरोपा लिगको उपाधिका लागि आज राति अपराजित जर्मन क्लब बायर लेभरकुसेन र इटालियन क्लब एटालान्टा भिड्दैछन् । खेल आयरल्याण्डको डब्लिनस्थित अविभा स्टेडियममा राति १२ः४५ बजे सुरु हुनेछ । यसै सिजन इतिहासमा पहिलो पटक जर्मन लिग बुण्डेस्लिगाको उपाधि जितेको लेभरकुसेन सिजनभर अपराजित रहेको छ । लिगको ३४ मध्य २८ खेल जितेको लेभरकुसेन यूरोपा […]

Success

Thank you for your time.