2 years ago
August 13, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको चेल्सी र लिभरपुल बीचको खेल रोमान्चक बराबरीमा सकिएको छ ।

निकै आक्रमक रणनीतिमा देखिएका चेल्सी र लिभरपुलको खेल १-१ को बराबरीमा टुंगियो । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिँदै पकड जमाएपनि जित दर्ता गर्न सकेन । चल्सीले पनि अन्त्यतिर जित निकाल्ने अवसर सदुपयोग गर्न सकेन ।
१८ अौं मिनेटमा लुइस डियाजले लिभरपुललाई अघि बढाएका थिए । मोहमद सलाहको सुन्दर पासमा उनले पहिलो टचमै गोल गरेका थिए । २९ अौं मिनेटमा सलाह आफैंले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएको थियो ।
३७ अौं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो । डेब्यु गरिरहेका डिफेन्डर एक्सेल डिसासीले चेल्सीका लागि गोल गरे । फ्रान्सेली डिफेन्डरले क्लियर हुन नसकेको फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट गोल गरे ।
त्यसको दुई मिनेटमै बेन चिलवेलले गरेको गोल भिएआरले मान्यता नदिँदा चेल्सी अघि बढ्न पाएन । चेल्सीले त्यसपछि खेलमा पकड जमाएपनि निकोलस ज्याक्सनले पटक पटक लिभरपुलका गोलरक्षक एलिसनलाई बिट गर्न सकेनन् ।
त्यसअघि टोटेनहम हट्सपर र ब्रेन्टफर्डको खेल २-२ को बराबरीमा सकिएको थियो । टोटेनहमले क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएको थियो ।
तर ब्रायन एमब्वेमोले पेनाल्टी र जोआन विसाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा एमर्सन रोयलले खेल बराबरी गरे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]