default_image

1 year ago

August 14, 2023

तनावपूर्ण खेलमा बार्सिलोना र गेटाफे बराबर

1156 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा गेटाफेले क्याटलान क्लब बार्सिलोनालाई बराबरीमा रोकेको छ ।

निकै तनावपूर्ण खेलमा बार्सिलोनाले अधिकांश समय खेलमा पकड जमाएपनि गोल गर्न भने सकेन । खेलमा दुवै तर्फ १-१ खेलाडीले रातो कार्ड प्राप्त गर्दा बार्साका प्रशिक्षक जाभी हर्नान्डेजले पनि मैदान छाड्नुपरेको थियो ।

बार्सिलोनाले जर्मन मिडफिल्डर इल्काए गुन्डोगनलाई डेब्यु दिएको खेलमा राम्रो सुरुवात गरेको थियो । तर गुन्डोगनले सुरुवाती समयमा नै अफसाइड हुँदा अग्रता दिलाउन सकेनन् । ४२ औं मिनेटमा ब्राजिलियन विंगर राफिन्हाले गेटाफेका गास्टन अल्भारेजलाई कुइनोले हानेपछि रातो कार्ड पाए ।

दोस्रो हाफमा गेटाफे पनि १० खेलाडीमा समेटियो । जेमी माटाले ५७ औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाएपछि दुवै टोली समान खेलाडीमा थिए । त्यसपछि रेफ्रीसँग विवाद गरेका कारण जाभीले पनि रातो कार्ड पाएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले आक्रमणमा थप मिहिनेत गरेपनि लेवान्डोस्कीको हेडर गोललाइनबाट क्लियर हुँदा बार्सिलोना अघि बढ्न सकेन । खेलमा ७५ प्रतिशत बल पोसेसन राखेर १४ सट प्रहार गरेको बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

ला लिगामा आइतबार नै सेल्टा भिगो घरेलु मैदानमा ओसासुनासँग २-० ले पराजित भयो । अर्को खेलमा रियल बेटिसले भिल्लारियलको मैदानमा २-१ को जित निकाल्यो ।

September 11, 2024

अजेन्टिनाको दोस्रो हार

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए । […]

September 10, 2024

महिला लिगको खेलको समय परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) –  एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलवार विज्ञप्ती जारी गर्दै केही एन्फा कम्प्लेक्समा जारी लिग खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो ४ः१५ बजे सुरु हने भनिएका खेल दिउँसो ३:१५ बजे सुरु हुने भएको छ।एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको […]

September 10, 2024

सुदूरपश्चिमको पोष्टमा आर्मीको गोल वर्षा

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ । आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १४-१ को फराकिलो अन्तरले हरायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, […]

Success

Thank you for your time.