default_image

2 years ago

August 22, 2023

आर्सनलको कठिन जित

742 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न एकमात्र खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १-० ले पराजित गरेको छ ।

सङ्घर्षपूर्ण जित निकाल्ने क्रममा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले खेलको एकमात्र गोल गरेका थिए । खेलको ६७औं मिनेटमा ताकेहिरो टोमियासु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । उनले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनलले दोस्रो हाफको अधिकांश समय १० जनाले खेल्न बाध्य भएको थियो ।

ओडेगार्डले खेलको ५४औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त बन्न पुग्यो ।

क्रिस्टल प्यालेसका गोलरक्षक स्याम जोनस्टोनले आर्सनलका स्ट्राइकर एडि एनकेटियामाथि पेनाल्टी बक्सभित्र फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । र पेनाल्टीमा कप्तान ओडेगार्डले कुनै गल्ति गरेनन् ।

खेलमा दुवै टिमले गोल गर्ने अवसरहरू पाएका थिए तर त्यो अवसरहरूको सदुपयोग भने गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै आर्सनलका बुकायो साकाको प्रहार प्यालेस डिफेन्डरलाई लागेर बाहिरियो । २९औं मिनेटमा बूकायो साकाको पासमा ऐनकेटियाको प्रहार गोल्पोस्टमा लाग्न पुग्यो ।

३६औं मिनेटमा ऐनकेटियाले सुनौलो अवसर खेर फाले । डेकलन राइसको पासमा ऐनकेटियाले बललाई गोल्पोस्टको दिशा देखाउन सकेनन् । ४२औं मिनेटमा ओडेगार्डको प्रहार जोनस्टोनले सुन्दर बचाउ गरे । ५५औं मिनेटमा प्यालेसका आन्द्रे आयुले पाएको अवसरमा सटलाई गोलको दिशा देखाउन सकेनन् ।

८६औं मिनेटमा मिचेलको क्रसमा एडुवार्डको हेडर पोस्टभन्दा केही टाढाबाट बाहिरिएपछि प्यालेसले बराबरी गर्ने मौका खेरा फालेको थियो । दुई चरणको खेल सकिँदा सम्म आर्सनलले दुई जित सहित छ अंक जोडेको छ भने दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.