2 years ago
August 22, 2023
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो कप्तान रहेको साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको छनोट चरण अन्तर्गत प्लेअफमा आज शबाब अल अहलीको सामना गर्दैछ ।

नेपाली समयअनुसार रातको ११ बजे हुने खेलमा जित हासिल गरे अल नासरले यो वर्षको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछ । यस खेलमा पराजित हुने टोलीले एसियाली क्लब फुटबलको दोस्रो श्रेणी एएफसी कप खेल्न पर्ने हुन्छ ।
संयुक्त अरब इमिरेट्सको शबाब अल अहलीले प्लेअफको पहिलो चरणमा जोर्डनको अल वेह्दातलाई पराजित गरेको थियो । अल नासर भने सिधै प्लेअफको अन्तिम चरणमा प्रतिस्पर्धा गर्दैछ ।
सिजनको सुरुवातमा अरब क्लब च्याम्पियन्स कप जितेको अल नासरले घरेलु लिगमा भने बिर्सनलायक सुरुवात गरेको छ । युरोपेली क्लबबाट नाम चलेका खेलाडी अनुबन्ध गरेपनि क्लबले अल इतिफक र अल ताउनसँग लगातार हार बेहोरेको छ ।
अल नासरमा कप्तान रोनाल्डोपछि साडियो माने, मार्सेलो ब्रोजोभिच, सेको फोफाना र एलेक्स टेलेस यसै ट्रान्सफर विन्डोमा भित्रिएका हुन् । ब्राजिलियन फरवार्ड टालिस्काले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । म्यानचेस्टर सिटीका डिफेन्डर एमेरिक लापोर्टपनि अल नासर आउने चर्चा छ ।
साउदीबाट अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन् । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । अब प्लेअफबाट ८ टोलीको टुंगो लागेसँगै अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।
यो पनि : साउदी लिगका स्टार भारत आउने सम्भावना
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]