2 years ago
August 26, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न तेस्रो चरणको पहिलो खेलमा चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ ।

रहीम स्टर्लिङ को दुई गोल र निकोलस ज्याक्सनको पहिलो गोलको मद्दतले चेल्सीले ३-० को जीत हासिल गरेको हो । यसअघि सुरुवाती दुई खेलमा जित निकाल्न नसकेको चेल्सीले मौरिसियो पोचेटिनोको आगमनपछि पहिलो जित दर्ता गर्यो ।
खेलको १७औ मिनेटमा स्टर्लिङ्गको उत्कृष्ट एकल गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । उनले बक्स बाहिरबाट बल नियन्त्रणमा लिएर लुटन टाउनका डिफेन्डरहरुलाई चकित पार्दै बललाई जाली चुमाएका थिए ।
६८औं मिनेटमा स्टर्लिङ्गले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मालो गुस्टोको पासमा बललाई गोल पोस्टको दिशा देखाउँदै स्टर्लिङ्गले दोस्रो गोल गरेका थिए । स्टर्लिङ्गको दुवै गोलमा गुस्टोकै असिस्ट रहेको थियो ।
तेस्रो गोलमा पनि स्टर्लिङ्ग संलग्न रहे । ७५औं मिनेटमा निकोलस ज्याक्सनले उनकै पासमा गोल गर्दै खेलमा चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए ।
दुवै टिमले खेलमा गोल गर्ने अरु अवसरहरु खेर फाले । खेलको १५औ मिनेटमा चेल्सीका एन्जो फर्नान्डेजको सट क्रसबारको केहि माथि बाट बाहिरियो । ३५औं मिनेटमा लुटन टाउनका नाकाम्बाले स्टर्लिङ्गलाई रोक्दै काउन्टर अट्याक रोक्न सफल भए । लुटनले पहिलो हाफमा गोल गर्ने अर्थपूर्ण अवसरहरु सिर्जना गर्न सकेन ।
दोस्रो हाफमा पनि चेल्सी कै पकड बनिरह्यो । ५०औं मिनेटमा गोल गर्ने अवसर आफुसंग हुदा हुदै ज्यक्संले स्टर्लिङ्गलाई पास गर्न खोजेपछि चेल्सी गोल गर्न बाट चुक्यो । त्यसको एक मिनेट पछाडी ज्याक्सनको भलि लुटन गोलरक्षक कामिन्सकीले बचाव गर्दै विफल पारे ।
५६औं मिनेटमा एन्जो फर्नान्डेजले लिएको सट गोलपोस्टमा लागेर बाहिर गयो । ६२औं मिनेटमा पुगेपछि बल्ल लुटनले राम्रो अवसर सिर्जना गर्यो । जाइल्सले चोङ्गको पासमा लिएको सट चेल्सीका गोलकिपर सान्चेजले विफल पारे । त्यसबाहेक लुटनले खेलमा गोल गर्ने राम्रो अवसरहरु बनाउन सकेन ।
यो चेल्सीको यस सिजनको पहिलो जित हो । चेल्सीले गत दुई खेलमा एकमा हार र एक खेलमा बराबरी गरेको थियो । यस जित संगै चेल्सीको चार अंक पुगेको छ। लुटनको भने दुई खेलमा कुनै पनि अंक रहेको छैन ।
इंग्लिस प्रिमियर लिगमा शनिबार तेस्रो चरणकै थप ६ खेल हुँदैछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]