default_image

2 years ago

August 28, 2023

राष्ट्रिय टोलीका ४ पूर्व कप्तानले मनाङमा मैत्रीपूर्ण फुटबल खेल्ने

2929 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका ४ पूर्व कप्तानले बायोकोष नेपाल र ऐन्ट फाउन्डेसनले यसै महिना संयुक्त रुपमा मनाङमा आयोजना गर्ने मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् ।

मनाङका विभिन्न स्थानमा याक र हिउँ चितुवाको संरक्षणका लागि आयोजना हुने मैत्रीपूर्ण फुटबलमा पूर्व कप्तान उपेन्द्रमान सिंह, हरि खड्का, अनिल गुरुङ र महिला टोलीकी पूर्व कप्तान निरु थापाले खेल्ने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बायोकोष नेपालका प्रमुख पारस विक्रम सिंह जानकारी दिए ।

स्थानिय युवाहरुलाई हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन प्रेरित गर्ने, मानव र वन्य जन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा जानकारी दिने तथा पर्यापर्यटन प्रबर्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको बताइएको छ ।

मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुङजीमा रहेको मैदानमा भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुनेछ । सेलिब्रेटी टिम हिमालयन स्नो लेपर्डले स्थानिय खेलाडीको टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याकसँग खेल्नेछ । तिमाङमा भदौ २५ गते, पिसाङमा २६ गते र मुङजी त्र्राकामा भदौ २७ गते मैत्रीपूर्ण खेल हुनेछ ।

स्पो लेपर्डबाट पूर्व कप्तान सिंह, खड्का, गुरुङ, थापासहित, अस्मिता रन्पाल, सिता तामाङ रहनेछन् । सोही टोलीबाट प्रशान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राइ, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, मिस नेपाल वल्ड सृचा प्रधान, मिस्टर नेपाल समरपन कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेल, प्रिस्का उदास, मिस्टर नेपाल रनरअप निमेष कपाली खेल्ने बताइएको छ ।

बायोकोष नेपालका प्रमुख सिंहले हिउँ चितुवाबाट हुने पिडा मनाङका स्थानीय बासिन्दालाई मात्रै थाहा हुने बताए । ‘बाहिरबाट हेर्दा हिउँ चितुवा देख्दा एकदमै रमाईलो लाग्छ । तर हिउँ चितुवाले याकका बच्चा मारिदिन्छ । याक बचाउने स्थानीयलाई मात्रै यसको पिडा थाहा हुन्छ, उनले भने,‘ हिउँ चितुवाले एकैपटक १ सय ३३ भेडा बाख्रा समेत मारेको छ । त्यो दुःख देखेपछि मात्रै थाहा हुन्छ । हिउँ चितुवाको बारे स्थानीयलाई धेरै राम्रोसँग जानकारी छ।’

सिंहले यस्ता खाले कार्यक्रमले मनाङको पर्यटनलाई राम्रो टेवा पुग्ने विश्वास व्यक्त गरे । पछिल्लो एक दशकदेखि हिमालयन कस्तुरी मृग, हिउँ चितुवाको बारेमा अनुसन्धान गर्दै आएका सिंहले भने, ‘याक र हिउँ चितुवा दुबै संरक्षण गर्न यो राम्रो कार्यकम हो ।’

पूर्व कप्तान अनिल गुरुङले मनाङमा गएर फुटबल खेल्ने इच्छा पूरा हुने भएकोले एकदमै उत्साहित रहेको बताएका छन् । ‘म पहिला मनाङ मस्याङ्दी क्लबबाट फुटबल खेल्दा मनाङमा गएर फुटबल खेल्ने इच्छा थियो ,’ मनाङका पूर्व कप्तान समेत रहेका उनले थपे,‘ अब त्यो पूरा हुँदैछ । त्यहाँका स्थानीयसँग गएर फुटबल खेल्न एकदमै उत्साहित छु ।’

स्थानीय समेत रहेका नमस्ते नेपालका निर्देशक विनोद गुरुङले मनाङबासीले मैत्रीपूर्ण फुटबललाई एउटा पर्वको रुपमा लिएको बताए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.