2 years ago
September 2, 2023
एजेन्सी – दक्षिण कोरियाका कप्तान सन ह्युङ मिनको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा टोटेनहम हट्सपरले बर्नलीको मैदानमा फराकिलो जित दर्ता गरेको छ ।

कप्तान सनको ह्याट्रिकमा टोटनहमले बर्नलीलाई ५–२ ले हराएको हो । बर्नलीको घरेलु मैदान टर्फ मुरमा भएको खेलमा घरेलु टोलीले चौथो मिनेटमा लिल फोस्टरको गोलबाट अग्रता लिएको थियो । तर पछि परेको अवस्थाबाट स्पर्सले पुनरागमन जित हासिल गर्न सफल भयो ।
१६औं मिनेटमा सनले मनोर सोलोमनको पासमा बराबरी गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै स्पर्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट रिबाउन्डमा आएको बललाई टप कर्नरमा गोल गरे ।
दोस्रो हाफमा पनि खेलमा टोटनहमकै पकड रह्यो । ५४औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै अग्रता दोब्बर पारे । ६३औं र ६६औं मिनेटमा व्यक्तिगत दोस्रो र तेस्रो गोल गर्दै सनले आफ्नो ह्याट्रिक पूरा गर्दै जित सुनिश्चित गरे ।
जितसँगै स्पर्स चार खेलमा १० अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । हार बेहोरेको बर्नलीलाई बिना अंक सहित तालिकाको पुछारमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]