2 years ago
September 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले म्यानमारसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि नेपालले म्यानमारसँग खेल्न लागेको हो ।

नेपालले अक्टोबर दोस्रो साता विश्कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अवे पद्दतिमा प्लेअफ खेल्दैछ । उक्त खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै मैत्रीपूर्ण खेल म्यानमारको यांगोनमा हुनेछ ।
अनेसेले डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अन्जन राई, मिडफिल्डर उत्सव राई तथा फरवार्ड दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलिया पहिलो पटक टोलीमा स्थान बनाउन सफल रहे । टोलीमा अभिषेक बराल र कृतिशरत्न छुन्जु पनि डेब्यु गर्न बाँकी रहेको छ ।
म्यानमारविरुद्ध खेल्ने अन्तिम टोली :
गोलरक्षक : किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की
डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई
मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]