default_image

2 years ago

September 13, 2023

फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता

573 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच बुधबार सहकार्य सम्झौता भएको छ । खेलाडीको उपचार तथा औषधिमा विशेष छुटसहित विभिन्न सचेतनामुलक कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भएको हो ।

बुधबार बि एण्ड बि अस्पतालमै आयोजित एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । संघका तर्फबाट अध्यक्ष विक्रम लामा र अस्पतालका तर्फबाट प्रोफेसर डाक्टर अमित जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । संघले ए, बी र सी डिभिजन, महिला लिग, महिला र पुरुष राष्ट्रिय टोली तथा उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीले सदस्यता लिएर सुविधा लिन पाउने जनाएको छ ।

सम्झौता अनुसार फुटबल खेलाडीले बि एण्ड बि अस्पतालले प्रदान गर्ने उपचार सुविधामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसैपनि अन्य अस्पतालको तुलनामा बि एण्ड बिले आर्थोस्कोपी शल्यक्रियामा अन्य अस्पतालको तुलनामा झन्डै आधा रकममा विशेष प्याकेज ल्याएको थियो । यसबाट थुप्रै खेलाडी लाभान्वित भएका थिए । अब फुटबल खेलाडीले भने उक्त प्याकेजमा पनि थप २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यसबाहेक फुटबल खेलाडीको परिवारको उपचारमा पनि १५ प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ । अस्पतालमा उपलब्ध औषधिमा पनि १२ प्रतिशत छुट दिइनेछ । यसबाहेक विपन्न वर्गका खेलाडीले लागि वार्षिक रुपमा सिमित कोटामा खेलाडीलाई निशुल्क उपचार सेवा प्रदान गरिनेछ ।

यसबाहेक दुई पक्ष मिलेर खेलाडीहरुको निम्ति स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम संचालनमा प्राविधिक सेवा प्रदान गरिनेछ । सो कार्यक्रमको सुरुवात बुधबार नै सम्झौता आदान प्रदान गर्नुअघि आयोजना भएको थियो । जसमा महिला राष्ट्रिय टोली र पुरुष यू-१९ टोलीका खेलाडी उपस्थित रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक मेघराज केसीले यसअघि पनि प्रशिक्षक र खेलाडी संघ गठन भएकोमा नयाँ नेतृत्वले खेलाडीको हितका लागि गरेको कार्यक्रम निकै राम्रो रहेको बताए ।

अस्पतालका निर्देशक अशोक कुमार बास्कोटाले खेलाडीको उपचारमा बि एण्ड बि सधैं गम्भीर रहेकोमा अब खेलाडी संघसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

संघका अध्यक्ष विक्रम लामाले चोट लागेपछि आर्थिक अवस्थाकै कारण कतिपय खेलाडीले उपचार नै गर्न नजाने अवस्थालाई यस सहकार्यले केहि सहज हुने बताए ।

डाक्टर अमित जोशीसँग खेलाडीको चोट, शल्यक्रिया र पुनर्स्थापना प्रक्रिया तथा नेपालको अवस्थाबारे गरिएको कुराकानी :

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.