default_image

2 years ago

September 15, 2023

साम्बाको गोलमा रानानाको बराबरी

4655 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इजरायली शीर्ष डिभीजन लिगाट नसिमको नयाँ सिजनको दोस्रो खेलमा सावित्रा ‘साम्बा’ भण्डारीको टोली हापोएल रानानाले १–१ गोलको बराबरी खेलेको छ । रानानाले हापोएल पेटा टिक्भा एफसीसँग बराबरी खेलेको हो ।

रानानाको लागि साम्बाले खेलको ६० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको यो लिग सिजनको व्यक्तिगत पाचौं गोल हो । निकै प्रतिस्पर्धात्मक खेलमा रानाना अधिकांश समय दवावमा रहेको थियो ।

साम्बाको गोलमा अग्रता लिएपनि पेटाले लि फाल्कनको गोलमा ५ मिनेटपछि नै खेल बराबर गर्यो । ८१ अ‍ौं मिनेटमा पेटाले अग्रता लिने अवसर पनि पायो । तर रानानाकी अमेरिकी गोलरक्षक काम्री सेसिलले पेनाल्टी बचाउँदै खेल बराबरीमा राखिन् ।

दुई खेलमा पाँच गोल गर्ने क्रममा उनले पहिलो खेलमा मात्रै चार गोल गरेकी थिइन् । त्यो खेलमा रानानाले रमाट हशारोनमाथि ४-० को जित निकालेको थियो ।

रानानाको २ खेलमा ४ अंक रहेको छ । पेटमा ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ ।

लिग खेलेसँगै साम्बा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी समेत थिइन् । करिब एक महिना अगाडि इजरायल पुगेकी साम्बाले यस अघि रानानाका लागि अथिना कपमा खेलहरु खेलिसकेको थिइन् । त्यस प्रतियोगितामा रानाना डिफेन्डिङ च्याम्पियन किर्याट गिलसँग हार बेहोर्दै सेमिफाइनलबाट बाहिरिएका थियो ।

गत सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेपछि साम्बालाई इजरायली लिगमा खेल्ने मौका मिलेको हो । साम्बा अब एसियाली खेलकुदको तयारीमा जोडिन नेपाल आउनेछिन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.