2 years ago
September 15, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघका साधारण सभाका बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती मागसहित विशेष साधारण सभा बोलाउन बुझाएको निवेदनलाई एन्फाले अनुशासन समितिमा पठाएको छ ।

एन्फाका पूर्व अध्यक्ष समेत रहेका हिमालय शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फाका पूर्व महासचिव रहेका इन्द्रमान तुलाधरको नेतृत्वमा असन्तुष्ट साधारण सभाका सदस्यले सोमबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएका थिए ।
सो निवेदनलाई सम्बोधन गर्दै एन्फाका महासचिव किरण राईले एन्फाका सदस्य सस्थाका अध्यक्षलाई शुक्रबार पत्र लेख्दै भनेका छन्, ‘उपरोक्त सम्बन्धमा एन्फामा आबद्ध सदस्य संस्थाहरुबाट मिति २०८० भदौ २५ गते दर्ता नं २२२ रहेको निवेदन अखिल नेपाल फुटबल संघमा प्राप्त हुन आएको विशेष साधारण सभा सम्बन्धधमा उक्त निवेदन उपर छलफल गर्न तथा प्रक्रियालाई अघि बढाउन सो निवेन एन्फा अनुशासन समितिमा पठाएको व्यहोरा अवगत गराउँदछु । ’
साधारण सभाका बहुमत सदस्यलेले बर्खास्ती गर्न माग गरिएका दुई पदाधिकारी एन्फा अध्यक्ष र महासचिव मध्ये महासचिव राईले नै सदस्य संस्थाका अध्यक्षहरुलाई पत्र लेखेका छन् । एन्फाको विधानको धारा ३६ (३) अनुरुप ४० प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षर सहित निवेदन आएमा विशेष साधारण सभा बोलाउनुपर्ने प्रावधान छ ।
यस्तोमा संघले ३० दिनभित्र संघको विशेष साधारण सभा बोलाउनु पर्नेछ । यदी त्यसो नभएमा अन्य सदस्य संस्थाले नै संयुक्त रुपमा ३० दिनको सूचना जारी गरि साधारण सभा बोलाउन पाउने प्रावधान छ ।
क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी कुल ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदनमा एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन लागेको र उनीहरुलाई सो पदमा निरन्तरता दिँदा नेपालको फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने ठहर गरेको उल्लेख गरिएको छ ।
निवेदनमा वर्तमान नेतृत्वले गरेका विविध १९ विषय उल्लेख गर्दै विशेष साधारण सभा राखेर अध्यक्ष र महासचिवलाई बर्खास्त गर्ने एजेन्डा राख्न माग राखिएको थियो । एन्फाले आइतबारलाई अनलाइनमार्फत साधारण सभा गर्न सुचित गरेको थियो ।
सहिद स्मारक लिग ए,बि,सी डिभिजनका ३२ क्लबले भने भौतिक उपस्थितिमा साधारण सभा हुनुपर्ने अन्यथा बहिष्कार गर्ने चेतावनी दिएको थियो । त्यसका वावजुद एन्फाले आइतबार विशेष साधारण सभा आयोजनाको प्रयास गर्यो ।
तर, गणपुरक संख्या नपुग भएको भन्दा स्थगित गर्दै पुनः सोमबारका लागि विशेष साधारण सभा गर्ने तयारी गरेको थियो । तर, साधारण सभाका बहुमत सदस्यले निवेदन दिएपछि एन्फा विशेष साधारण सभा स्थगित गर्न बाध्य भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]