2 years ago
September 21, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा च्याम्पियन्स लिग पहिलो पटक खेलिरहेको युनियन बर्लिनमाथि संघर्षपूर्ण जित निकालेको छ ।

उच्च लयमा रहेका मिडफिल्डर जुड बेलिङघमको इन्जुरी टाइम गोलको मदतले रियल १-० ले विजयी भएको हो । बेलिङघम यस समरमा क्लबमा आबद्ध भएदेखि म्याड्रिडका लागि ६ खेलमा छैटौं गोल गर्न सफल रहे ।
उनले इन्ज्युरी समयको चौथो मिनेटमा फेडेरिको भाल्भर्डेको प्रहार उनको खुट्टामा आएपछि बललाई सजिलै जालीको दिशा देखाएका थिए । म्याड्रिडले दोस्रो हाफमा दुई पटक पोस्टमा प्रहार गरेको थियो । पहिलो पटक च्याम्पिंस लिगमा स्थान बनाएको बर्लिन भने निराश भएर घर फर्कन बाध्य रहयो ।
खेलको सुरुवातमा रियलका फरवार्ड होसेलुको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो । त्यो बाहेक म्याड्रिडले पहिलो हाफमा अरु अवसर सिर्जना गर्न सकेन । बर्लिनले पनि म्याड्रिडको डिफेन्स माथि समस्या उत्पन्न गराउन सकेन ।
दोस्रो हाफमा भनी म्याड्रिडले सुधारिएको प्रदर्शन गर्न सफल भयो । ५१औ मिनेटमा होसेलुको एक्रोबेटिक प्रहार पोस्टमा लागेर बाहिरियो । नौ मिनेट पश्चात युनियन किपर फ्रेडरिक रोनोले जोसेलुको हेडरलाई बचाएपछि बल क्रसबारमा ठोक्किन पुग्यो । गोलरक्षक रोनोले रोड्रिगोको र मोड्रिचको प्रहारलाई समेत विफल पारेका थिए । तर बर्लिनले खेलको अन्तिम समयमा म्याड्रिडले पाएको कर्नरमा गोल गर्न बाट रोक्न भने सकेन ।
पाँच वर्षअघि जर्मन फुटबलको दोस्रो श्रेणीमा खेलिरहेको युनियनले च्याम्पियन्स लिगको अर्को खेलमा आफ्नो स्पोर्टिङ ब्रागा विरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दा पुनरागमन गर्ने आशा राख्नेछ । म्याड्रिडले सोहि दिन नापोलीको सामना गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]