default_image

2 years ago

September 25, 2023

म्याड्रिड डर्बीमा एटलेटिको विजयी

1982 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा अल्भारो मोराटाले २ तथा एन्टोवान ग्रिजम्यानले १ गोल गरेका थिए। रियलका लागि टोनी क्रुसले गोल गरे। एटलेटिकोले खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलमा अग्रता लिएको थियो। सामुयल लिनोको राम्रो क्रसमा मोरटाले गोल गर्दै खेलमा आफ्नो टिमलाई अग्रता दिलाएका थिए।

एन्टोवान ग्रिजम्यानले १८ औं मिनेटमा एटलेटिकोको अग्रता दोब्बर बनाए । लिनो फेरि पनि गोलमा संलग्न भएका थिए। उनले दिएको पासमा साउलले ग्रिजम्यानका लागि गोल सिर्जना गर्न पुगेका थिए । बक्समा खाली रहेका ग्रिजम्यानले सहज फिनिस गर्दै खेलमा एटलेटिकोको अग्रता दोब्बर बनाएका थिए।

३५औं मिनेटमा रियलका टोनी क्रुसले सुन्दर गोल गर्दै अग्रता एक गोलमा घटाएका थिए । त्यसपछि रियलले खेलमा लय लिएको थियो। तर एटलेटिकोले हाफ टाइमसम्म २-१ कै अग्रता बनाइरह्यो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै मोराटाले खेलको व्यक्तिगत दोस्रो गोल गर्दै पुनः दुई गोलको अग्रता पुनर्स्थापना गरे । तेस्रो गोल खाएपछि रियलले खेलमा धेरै अवसर हरु सृजना गर्दै एटलेटिकोको डिफेन्स लाइनका लागि तनाव सिर्जना गरिरहेको थियो । तर एटलेटिकोले सबै अवसरहरू विफल पार्यो र जित हासिल गर्यो ।

जित पछि एटलेटिको पाँच खेलमा १० अंक सहित पाँचौं स्थानमा उक्लिएको छ । पराजित रियल भने १५ अंक सहित तेस्रो स्थानमा छ ।

रियलले खेलमा जित हासिल गरेको भए पहिलो स्थान कायम गर्ने थियो । तर रियलले हार व्यहोरेपछि चिर प्रतिद्वन्द्वी बार्सिलोना छैठौं खेल चरणको समाप्तिमा पहिलो स्थानमा रहने भएको छ । बार्सिलोनाको समान खेलमा १६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि १६ अंक नै रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.