default_image

2 years ago

September 25, 2023

आशिष धनगढी एफसीको मार्की खेलाडी

1821 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरी दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा साविक उपविजेता धनगढी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

धनगढी एफसीका अध्यक्ष सुवास शाही र आशिषबीच मार्की खेलाडीको लागि सम्झौता भएको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो । धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्कीको रुपमा अनुबन्ध गरेको हो।

नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका २३ वर्षीय आशिषले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट खेल्ने गर्छन् ।

सहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्याइजलाई जिताउन आशिषले महत्वपूर्ण प्रदर्शन गरेका थिए । त्यसअघि चर्च ब्याइज बि डिभिजन लिग च्याम्पियन हुँदा आशिष मष्ट भ्यालुएबल प्लेयरको अवार्ड समेत पाएका थिए ।

उनले सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितेका छन् । बेंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानबिरुद्ध नेपालले १-० को जित हात पार्दा आशिषले नै नेपालको तर्फबाट विजयी गोल गरेका थिए।

मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् । ‘पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियो। यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौं । अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरुलाई लिने र थप खेलाडीलाई विदेशबाट भित्र्याउने आन्तरिक तयारी पनि गरिरहेका छौं’, आशिषेले भने ।

त्यसैमा उनले थपे, ‘आफ्नोतर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु ।’

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजनमा पनि आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित भएको बताए । नेपाली फुटबलका प्रतिभावान खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको उर्जा झनै बढेको महसुस भएको छ ।धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं । यस सिजनमा पनि यहाँहरुको अपार मायाँको अपेक्षा राखेका छौं’, शाहीले भने ।

पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्स एफसीसँग १-० ले पराजित भएको थियो । एनएसएलको अक्सन शनिबार हुँदैछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.