default_image

2 years ago

September 26, 2023

विशाल चितवनको मार्की खेलाडीमा अनुबन्ध

567 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

गेम वान प्राली अन्तर्गत रहेको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशालबीच मंगलबार आबद्धता पत्रमा हस्ताक्षर गरेको क्लबले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ। छन् । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट सुरु हुँदैछ ।

विशाल पहिलो संस्करणमा बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए । चितवनले पहिलो संस्करणको एनएसएलमा भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । राष्ट्रिय टोलीबाट कम मौका पाएका विशाल घरेलु फुटबलमा भने सफल गोलकिपरमा पर्दछन् ।

एक दशक भन्दा बढी नेपाल राष्ट्रिय टोलीमा रहेपनि विशालले डेब्यु भने सन् २०२१ मा भारत विरुद्धको खेलमा गरेका थिउ । किरण चेम्जोङ लगातार पहिलो रोजाईमा खेलेपछि विशालले डेब्यूको लागि लामो प्रतीक्षा गर्नु परेको थियो । उनले सहिद स्मारक ए डिभिजन लिग मछिन्द्रबाट खेल्ने गर्दछन् ।

२०७८ मा मछिन्द्रले ए डिभिजनको उपाधि जित्दा विशालले प्रतियोगिताभर २ गोलको मात्र सामना गरेका थिए । उनले ४ पटक ए डिभिजनको उपाधि जितेका छन् । दुई पटक मनाङ मस्र्याङ्दी क्लबबाट लिग जितेका विशाल मछिन्द्र दुई पटक च्याम्पियन बन्दा उनी टोलीको पहिलो रोजाईका गोलकिपर रहे ।

चितवनले पहिलो संस्करणमा जित विहिन रहँदै एनएसएलको अन्त्य गरेका थियो । सात टोली सम्मिलित पहिलो संस्करणमा चितवनले ६ खेलमा २ बराबरी सहित २ अंक मात्र जोडेको थियो । चितवन सहित धनगढी र बुटवलको मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

धनगढीले आशिष चौधरी र बुटवलले एरिक विष्टलाई अनुबन्ध गरेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुदैछ । यसपटक ९ टोलीले एनएसएल खेल्दैछन् । विराटनगर एफसीले भने यसपटक नखेल्ने भएको हो । ३ टोली पहिलो पटक एनएसएल खेल्दैछन् ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.