default_image

10 months ago

September 30, 2023

राई धनगढी एफसीको मुख्य प्रशिक्षक

330 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ ।

क्लबले शुक्रबाबर विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा राईलाई नियुक्त गरेको जनाएको छ । एनएसएल–२०२१ मा भएको पहिलो एनएसएलमा पनि धनगढी एफसीमा राई प्रशिक्षक थिए ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टोलीका मिडफिल्डर आशिष चौधरीलाई लिएको छ ।

धनगढी एनएसएलको पहिलो संस्करणको फाइनलसम्म पुगेको थियो । फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो ।

July 25, 2024

मछिन्द्र र चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत बिहीबार भएका खेलमा मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा मछिन्द्रले एफसी खुमलटार माथि २-१ को जित दर्ता गरेको हो । कविर तामाङ र रोनिक राना मगरले मछिन्द्रका लागि एक एक गोल गरे । यस्तै खुमलटारका […]

July 25, 2024

एएफसी प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिनाको अन्त्यमा खेल्ने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने भएको छ । नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्य्च बल उपलब्ध गराउने भएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि […]

July 25, 2024

करिब दुई घण्टापछि गोल रद्द गर्दा अर्जेन्टिना पराजित

एजेन्सी – गोल गरेको करिब २ घण्टापछि गोल रद्द भएपछि पेरिस ओलम्पिकमा पुरुष फुटबलको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिना मोरोक्कोसँग २-१ ले पराजित भएको हो । सोफियान रहिमीले पहिलो हाफको अन्त्यमा र ४९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई खेलमा २ गोलको अग्रता दिलाएका थिए । ६८औं मिनेटमा जिउकियानो सिमिओनेले अर्जेन्टिनाका लागि एक […]

Success

Thank you for your time.