default_image

2 years ago

September 30, 2023

स्पोर्टिङ मेची डे इलाम भरतलाई लिन सफल

890 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई स्पोर्टिङ्ग मेची डे इलामले भित्राउन सफल भएको छ ।

काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच भारत इलाममा अनुबन्धित भएका हुन् ।बि ग्रेडमा रहेका भरतको न्यूनतम मूल्य १ लाख रहेको थियो । उनलाई किन्न इलाम र पोखराबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मुल्य १ लाख ५० हजार पुगेपछि गोलाप्रथा बाट इलामले उनलाई भित्राउन सफल भएको हो ।

त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी उनले गत दुई सिजनमा ३२ खेल खेल्दै २ गोल गरेका छन् । राष्ट्रिय टोली बाट उनको ५३ खेलमा नौं गोल रहेको छ । सन् २०१३ मा राष्ट्रिय टोली बाट अफगानिस्तान विरुद्ध उनले डेब्यु गरेका थिए। एनएसएलको पहिलो संस्करणमा उनी एफसी चितवनका मार्की समेत रहेका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.