2 years ago
September 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– साफ यु १९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । २०१५ को पहिलो र २०१७ को दोस्रो संस्करणमा नेपालले यु १९ को उपाधि जितेको थियो ।
भारतलाई जित दिलाउन सुरवाती दुबै गोल परिवर्तित खेलाडी मागेथाङ किपगेनले गरेका थिए । अर्को गोल गोगोसर गोएरीले गरेका थिए । पहिलो गोल ६४ औं मिनेटमा गरेका मागेथाङले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत गरेका थिए । गोगसरले इन्जुरी समयमा तेस्रो गोल गरेका थिए । ६ मिनेट इन्जुरी समयको १ मिनेट बाँकी रहँदा उनले गोल गरेका थिए ।
पाकिस्तानको यु १९ को पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको थियो । सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका थिए ।

भारतले समूह चरणमा बंगलादेश माथि ३–० जित हासिल गरेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा घरेलु टोली नेपाललाई १–० ले हराउँदा दोस्रो खेलमा भने माल्दिभ्स सँग १–१ गोलको बराबरीमा रोकिएको थियो । प्रतियोगितामा श्रीलंका बाहेक दक्षिण एसियाका ६ टोलीको सहभागिता थियो । बंगलादेश र माल्दिभ्स समूह चरणबाट बाहिरिएका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]