default_image

2 years ago

September 30, 2023

म्यानचेस्टर सिटी र युनाइटेड दुबै पराजित

1420 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टरका दुबै टोली पराजित भएका छन् । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस सँग १–० को हार बेहोरेको छ ।

ह्वाकीम एन्डरसनले खेलको एकमात्र गोल गरेका थिए । खेलको २५औं मिनेटमा एन्डरसनले गरेको गोल युनाइटेडलाई पराजित गर्न पर्याप्त रह्यो । मंगलबार इएफएल कपमा भने युनाइटेडले प्यालेसलाई ३–० ले हराएको थियो तर आज भने पराजय भोग्न बाध्य भयो ।

प्रिमियर लिगमा युनाइटेडको यो सातौं खेलमा चौथो हार हो । युनाइटेडले ३ खेल जितेको छ र ९ अंक सहित दशौैं स्थानमा छ । क्रिस्टल प्यालेस भने ११ अंक सहित नवौं स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले वल्भससँग २–१ ले पराजित भयो । खेलमा वल्भसले १३औं मिनेटमा रुबेन डियासको आत्मघाती गोलबाट अग्रता लिएको थियो। तर ५८औं मिनेटमा जुलियन अलभारेजले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

त्यसको आठ मिनेट पछि वल्भसका लागि ह्वांग ही–चानले गोल गर्दै खेलमा पुनः टोली अग्रता दिलाएका थिए । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो । प्रिमियर लिगको यो सिजनमा पहिलो हार बेहारेको सिटी ६ जितका साथ १८ अंक लिएर शीर्षस्थानमा यथावत छ । वल्भस ७ अंकसहित १३औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत आज राती १०ः१५ बजे टोटेनहाम र लिभरपुल भिड्दै छन्। लिभरपुल विजयी भएमा पहिलो स्थानमा उक्लनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.