default_image

2 years ago

October 1, 2023

नर्थ क्यारोलिनामा नेपालीबीच दशै कप फुटबल सुरु

780 views

0 Bookmark

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– अमेरिकाको नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता (दशै सकर प्रतियोगिता २०२३) सुरु भएको छ ।

नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् । प्रतियोगिता गत सेप्टेम्बर १६ बाट सुरु भएको हो । हरेक साताको शनिबार हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा स्थानिय एपेक्स नेचरल पार्कको फुटबल मैदानमा संचालन हुन्छ ।

शनिबारको पहिलो खेलमा टिम एल्लोले टिम ह्वाइटलाई १–० ले हराएको थियो । श्याम कडेलको गोलमा एल्लो विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा टिम रेडले टिम ब्ल्याकलाई ५–२ ले हरायो । रेडका लागि सन्जिब खनालले २, गौरव शर्मा, प्रदिन मगर र योगेश पराजुलीले समान १ गोल गरे । ब्ल्याकका लागि दुबै गोल अदिप कार्कीले गरे ।

टिम रेड, एल्लो, ग्रिन र ब्लु प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल अक्टुबर ७ र फाइनल अक्टुबर १४ मा हुनेछ ।

हरेक वर्ष दशैको अवसरमा संचालन हुने प्रतियोगतामा यसपटक एनआरएनए नर्थ क्यारोलिना च्याप्टरको सहकार्य एवं स्थानिय ड्रिम होम रियल्टी, डिलिजेन्ट ट्राभल, युनिसफ्ट सोलोसन लगायतका नेपाली व्यवसायिक संस्थाहरु तथा व्यक्तिगत रुपमा भरत सुवेदी, विकास सापकोटा, उत्तम निरौलाको सहयोग रहेको बताइएको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.