2 years ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता हुने विश्व कप एसिया जोन छनोटका लागि प्रक्रिया पूरा नगरी १५ हजार अमेरिकी डलरमा सिंगापुरको स्पोर्टस फाइभलाई मिडिया र विज्ञापन विक्री गरेको पाइएको छ ।

बोलपत्र (टेन्डर) आव्हान नगरी सिंगापुरको कम्पनीलाई अधिकार दिएको पाइएको हो । केन्द्रीय समितिले यहि निर्णय गरेको छ । सोही निर्णयलाई हामीले यहाँ फेरि प्रस्तुत गरेका हौं, विश्व कप छनोटको तयारीका विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले भने, सम्भवत हतारमा यो निर्णय भएको हुन सक्छ ।’
शाहले प्रष्ट पार्न नसकेपछि सँगै रहेको एन्फाका सहायक महासचिव अरुणमान जोशीले मिडिया र विज्ञापन अधिकारका लागि दुई वटा कम्पनीले इच्छा व्यक्त गरेको र त्यसमा स्पोर्टस फाइभको दर बढी भएकोले दिएको बताएका थिए । तर, उनले अर्को कहाँको कुन कम्पनीले आवेदन दिएको बताउँन चाहेनन् ।
नेपाल र लाओसको राष्ट्रिय फुटबल टोली बीच असोज २५ गते दशरथ रंगशालामा विश्व कप छनोटका पहिलो लेग र लाओसमा असोज ३० गते दोस्रो लेग हुनेछ । पहिलो चरण पार गरेको खण्डमा भने दोस्रो चरणको छनोटका लागि पनि एन्फाले ६५ हजार अमेरिकी डलरमा सोही स्पोर्टस फाइभलाई मिडिया र विज्ञापन अधिकार दिने निर्णय भदौ २४ गते अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसेको आकष्मिक बैठकले गरेको थियो ।
एन्फाले नेपाल र लाओसबीचको खेलमा दर्शकका लागि भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँको टिकट दर तोकेको छ । आपसी सहमतिमा लाओसको स्थानिय खर्च एन्फाले गर्ने भएको झन्डै ७४ लाख रुपैयाँ एन्फाले छनोटको पहिलो लेगका खर्च हुने अनुमान गरेको छ ।
दोस्रो लेगमा नेपाली टोलीको स्थानिय खर्च लाओसले गर्ने प्रतियोगिताका निर्देशक सञ्जिव मिश्रले जनकारी दिए । छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभजनले गर्ने भएको छ । प्रतियोगिताको संयोजक एन्फाले उपाध्यक्ष दीपक खतिवडालाई तोकेको छ । यसअघि प्रतियोगिताको संयोजक एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का थिए ।
बुधबार बसेको एन्फाको पछिल्लो आकष्मिक बैठकमा खड्का उपस्थित नभएकाले विश्व कप छनोट सन्चालनका लागि आफूलाई एन्फाले जिम्मेवारी दिएको खतिवडाले बताए । ‘अर्को निर्णय नहुँदा सम्म अबको प्रतियोगिता संयोजन मैले गर्नेछु,’ उनले भने, ‘यसमा कत्ति तलब भत्ता आउँछ मलाई थाहा छैन । आयो भने त्यो एन्फाकै कुनै कोषमा दिनेछु । म लिने छैन ।
विश्व कप छनोटका लागि हाल २५ खेलाडी प्रशिक्षणमा रहेको पनि सोही पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । फिफा वरियतामा नेपाल १ सय ७५ औं र लाओस १ सय ८६ औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]