2 years ago
October 7, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले ब्रेन्टफर्डमाथि २–१ को नाटकीय पुनरागमन जित निकालेको छ ।

१ गोलले पछि परेको अवस्थामा इन्ज्युरी समयमा २ गोल फर्काउँदै युनाइटेड जित हासिलल गर्न सफल भएको हो । दुबै गोल ८७ औं मिनेटमा मैदान प्रवेश गरेका स्कट मकटोमिनेले गरेका हुन् ।
२६औं मिनेट माथियास येन्सनले गोल गर्दै ब्रेन्टफर्डलाई अग्रता दिलाएका थिए । लगातार दुई खेलमा हार बेहोरेको युनाइटेड ब्रेन्टफर्ड पनि हारको नजिक पुगेर जित निकाल्न सफल भएको थियो । निर्धारित ९० मिनेटमा गोल फर्काउन नसक्दा युनाइटेडका समर्थक निराश भएका थिए ।
अन्त्यतिर मैदाान प्रवेश गर्ने मौका पाएका मकटोमिनेले ४ मिनेटको फरकमा २ गोल गर्दै टोलीका लागि सनसनीपूर्ण जित निकाले । उनले इन्ज्युरी समयको तेस्रो र सातौं मिनेटमा गोल गर्दै नतिजा उल्टाएका थिए । जितपछि युनाइटेड ८ खेलमा १२ अंक सहित नवौं स्थानमा उक्लेको छ । ब्रेन्टफर्ड ७ अंक सहित १४ औं स्थानमा छ।
चेल्सी विजयी

शनिबार नै अर्को खेलमा चेल्सीको बर्नली लाई ४–१ ले हरायो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै चेल्सी जित निकाल्न सफल भएको थियो ।
चेल्सीका लागि कोल पाल्मर, रहिम स्टर्लिङ र निकोलस ज्याक्सनले समान १ गोल गर्दा अर्को आत्मघाती गोल उपहार पाएको थियो। चेल्सी ८ खेलमा ११ अंकसहित चेल्सी दशौं स्थानमा छ । बर्नली ४ अंक सहित १८ औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]