default_image

2 years ago

October 9, 2023

कप्तान रेणुकाको काँधको शल्यक्रिया

1084 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेको आइतबार शल्यक्रिया गरिएको छ ।

गत वर्ष बायाँ काँधमा चोट लागेपछि राखिएको स्टिल निकाल्न शल्यक्रिया गराएको थियो । ‘अलि अगाडि निकाल्नु पर्ने थियो,’ रेणुकाले भनिन्, एसियाडको‌ कारण केहि ढिलो भयो ।

‘रेणुकाको गत वर्षको असारमा शल्यक्रिया गरेर स्टिल राखिएको थियो । ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा डाक्टर अमित जोशीले रेणुकाको शल्यक्रिया गरेका हुन् । फिजियोथेरापी सोमबारबाट सुरु हुने र टाका दुई हप्तापछि मात्र निकालिने बताइएको रेणुकाले जानकारी गराइन् ।

प्रशिक्षणका क्रममा चोट लागेपछि रेणुकाले गत वर्ष स्वदेशमा भएको साफ च्याम्पियनसिप गुमाएकी थिइन् ।फेब्रुअरीमा भारतसँगको मैत्रीपूर्ण खेलबाट उनी राष्ट्रिय टोलीमा फर्किएकी थिइन् ।

चीनको हाङ्गचौंमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) मा टोलीको कप्तानी गरेकी थिइन्। भियतनामसँग २-० र जापानसँग ८-० को हार भोगेको नेपालले बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.