default_image

2 years ago

October 11, 2023

इजरायलबाट साम्बा आज स्वदेश आउँदै

1145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज (बुधबार) स्वदेश आइपुग्ने भएकी छिन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्कन तयारीमा छिन् ।

इजरायलबाट मंगलबार राती उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुग्नेछिन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि स्थगित भएपनि उनी फर्कन लागेकी हुन् ।

साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । गत साता उनको गोलमा टोली हाराबाट जोगिएको थियो । चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।

साम्बा सम्मलित टोलीले लिगका ४ खेलमा १ मा जित, २ मा बराबरी र १ खेल खेलमा हार बेहोरेको छ । ५ अंकका साथ टोली अंक तालिकाको पाँचौ स्थानमा छ ।

युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी गराएको थियो ।

स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताइएको छ । इजरायललमा शनिबार बिहानैबाट भएको आक्रमणमा परि १० नेपालीले ज्यान गुमाएका छन् । गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.