2 years ago
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै फिफा विश्वकप २०२६ को पहिलो चरणको छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । डबल लिग फर्म्याटमा नेपालले लाओसको सामना गर्ने छ। पहिलो खेल भोलि काठमाडौं स्थित दशरथ रंगशालामा हुँदैछ। दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ।
यस चरणको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्। दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ।
नेपाली टोली :
गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ
मिडफिल्डरः एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी
फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]