default_image

2 years ago

October 11, 2023

श्रेष्ठ काठमाडौं रेजर्सको सहायक प्रशिक्षकमा निरन्तर

395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले प्रशिक्षक राकेश श्रेष्ठलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडैं रेजर्सले बुधबार विज्ञप्ती जारी गर्दै श्रेष्ठको नियुक्ती सार्वजनिक गरेको हो।

काठमाडौं रेजर्सले एनएसएलको पहिलो संस्करणको उपाधि जित्दा श्रेष्ठ नै सहायक प्रशिक्षकको भूमिकामा थिए । त्यति बेलाका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनलाई रेजर्सले सोही भूमिकामा निरन्तरता दिएको थियो।

श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्ण कप्तान र डिफेन्डर हुन् । उनले नेपाली उमेर समूहका टोलीलाई प्रशिक्षण दिइसकेका छन् । उनले नेपाल पुलिस कलबबाट लामो समय व्यवसायिक फुटबल खेललेका थिउ । पुलिसले लगातार तीन पटक सहिद स्मारक ए डिभिजन लिग जित्दा उनी टोलीको महत्वपूर्ण सदस्य थिए ।

रसर्जले हिसुब थपलियालाई मार्की खेलाडीको रूपमा आबद्ध गरिसकेको छ । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गते सुरु हुँदैछ । दोस्रो संस्करणमा पहिलो संस्करणमा सहभागी ६ र नयाँ ३ गरि ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.