2 years ago
October 12, 2023
काठमाडौँ (हाम्रो खेलकुद) – लाओससँगको फिफा विश्वकप एसियाली छनोट खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपाली टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् । नेपालको पोस्ट किरणले सम्हाल्दा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र आशिष चौधरी रहेका छन् ।
मिडफिल्डमा लाकेन लिम्बु, आयुष घलान, र आवास लामिछाने तथा फरवार्डमा अन्जन विष्ट, मनिष डाँगी र जिलेस्पे जंग कार्की रहेका छन् । पहिलो पटक राष्ट्रिय टोलीमा परेका हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यु रोड टिमका फरवार्ड सन्जीब विष्ट भने सुरुवाती ११ मा अटाएका छैनन् ।
यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो । डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा ५:३० बजे सुरु हुनेछ । फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम-एण्ड-अवे खेल्ने ढाँचा रहेको छ ।
नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ ।
नेपालको सुरुवाती ११:
किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]