default_image

2 years ago

October 13, 2023

बिएण्डबी र थ्री टेस्लालाई फुटबल खेलाडी संघको सम्मान

560 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघले आफ्नो दुई साझेदार संस्थालाई बिहीबार सम्मान गरेको छ । विश्व कप छनोटअन्तर्गत बिहीबार नेपाल र लाओसबीच १–१ को बराबरी टुंगिएको पहिलो लेगको खेलका दौरान ललिपुरको थ्री टेस्ला एमआरआाई एन्ड डाइग्नोष्टिक र बिएण्डबी अस्पताललाई सम्मान गरेको हो ।


फुटबल खेलाडी संघका पूर्व अध्यक्ष राजेश मानन्धर, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्य, पूर्व कप्तान एवं उपाध्यक्ष विराज महर्जन र वरिष्ठ उपाध्यक्ष विकेश कुथुले थ्री टेस्लाकी मेनेजर निर्मला श्रेष्ठ तथा बिएण्डबीका डा. अमित जोशी, रुष्मा थापालगायतको टोलीलाई राष्ट्रिय टोलीका खेलाडीले हस्ताक्षर गरेको जर्सी फ्रेममा राखेर हस्तान्तरण गरेका थिए ।

खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच खेलाडीको उपचार तथा औषधिमा विशेष छुटसहित विभिन्न सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने गत महिना सम्झौता भएको थियो । संघले ए, बी र सी डिभिजन, महिला लिग, महिला र पुरुष राष्ट्रिय टोली तथा उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीले सदस्यता लिएर बिएण्डबी सुविधा लिन पाउनेछन् । अस्पतालले खेलाडीको उपचारमा २० प्रतिशत छुट दिनेछ ।

बि एण्ड बिले आर्थोस्कोपी शल्यक्रियामा अन्य अस्पतालको तुलनामा झन्डै आधा रकममा विशेष प्याकेज ल्याएको थियो । फुटबल खेलाडीले भने प्याकेजमा पनि थप २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै फुटबल खेलाडीको परिवारको उपचारमा पनि अस्पतालले १५ प्रतिशत छुट दिनेछ ।

अस्पतालमा उपलब्ध औषधिमा पनि १२ प्रतिशत छुट दिइनेछ । विपन्न वर्गका खेलाडीले लागि वार्षिक रुपमा सिमित कोटामा खेलाडीलाई निशुल्क उपचार सेवा पनि बिएण्डबीले उपलब्ध गरानेछ । संघ र अस्पतालको सहकार्यमाखेलाडीहरुको निम्ति स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम संचालनमा प्राविधि सेवा प्रदान गरिने सम्झौता छ ।

त्यस्तै दुई महिना अघि फुटबल खेलाडीहरुलाई एमआरआई लगायत अन्य परिक्षणमा छुट दिने थ्री टेस्लाबीच सम्झौता भएको थियो । सम्झौता अनुसार खेलाडीलाई थ्री टेस्लाले आफ्नो सेवा शुल्कमा ५०% छुट दिनेछ ।

पुरुषतर्फ ए,बी र सी डिभिजन लिग तथा महिलातर्फ राष्ट्रिय लिग खेलेका खेलाडी तथा राष्ट्रिय टोली वा उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दा चोट लोको खेलाडीले टेस्लामा परिक्षण गराउनु परेको अवस्थामा छुट पाउनेछन् । त्यी खेलाडीका अभिभावकले २५ प्रतिशत छुट पााउनेछन् ।

विपन्न वर्गका खेलाडीलाई भने शत प्रतिशत छुट उपलब्ध गराउने दुई पक्षबीच सम्झौता छ । संघले अल फर बल र थ्री टेस्लाले फुटबल सम्बन्धि कार्यक्रम आयोजना गर्दा आवश्यक समन्वय गर्ने सहमती दुई पक्षबीच रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.