2 years ago
November 5, 2023
एजेन्सी – एन्थोनी गोर्डनको विवादास्पद गोलको मद्दतले इंग्लिस प्रिमियर लिग शनिबार न्युक्यासल युनाइटेडले आर्सनल माथि १–० जित निकालेको छ । न्युक्यासलको जितमा एन्थोनी गोर्डनले एकमात्र गोल गरेका हुन् । प्रिमियर लिगको यो सिजन आर्सनलको पहिलो हार हो ।

खेलको पहिलो स्पष्ट मौका सृजना हुन दुबै टोलीले धेरै समय कुर्नु परेको थियो। २९औं मिनेटमा क्यालम विल्सनको प्रहार पोस्ट माथि बाट बाहिरियो । पहिलो हाफको अन्त्यमा गाब्रिएल मार्टीनेलीको प्रहार न्युक्यासल गोलरक्षक निक पोपले सहजै बचाए ।
६१औं मिनेटमा आर्सनलका डेकलान राइसको हेडरले पनि पोस्टको दिशा लिन सकेन । ६४औं मिनेटमा खेलमा गोर्डनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए । गोलमा जो विलकले बल लाइन भित्र राखे–नराखेको, जोलिंगटनको आर्सनल गोलरक्षक डेभिड राया माथिको फाउल र गोर्डन अफसाइड रहे–नरहेको बारे भिडियो असिस्टेन्ट रेफ्रीले निकै लामो समय जाँच गरेका थिए ।
तर अन्त्यमा गोल मान्य भयो। आर्सनलका खेलाडी र प्रशिक्षक कोही पनि त्यस निर्णयलाई लिएर खुसी देखिएनन् । आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले खेल पछि प्रिमियर लिगमा आफु २० वर्ष रहेपनि त्यस निर्णयले आफूलाई “लाज लागेको“ जिकिर समेत गरे ।
जितसँगै न्युक्यासल ११ खेलमा ६ जित, २ बराबरी र ३ हारसहित २० अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । ११ खेलमा ७ जित, ३ बराबरी र १ हार बेहोरेको आर्सनल २४ अंक सहित तेस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]