2 years ago
November 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिफा विश्वकप एसिया छनोटको दोस्रो राउण्डमा आज युएईविरुद्धको खेलका लागि तयारी राम्रो रहेको बताएका छन् ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इटालीका मुख्य प्रशिक्षक भिन्सेन्जोले तयारीका बारेमा जानकारी दिए । ‘यूएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौ । हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ’, उनले भने, ‘रोहित र किरण बाहेक सबै युवा खेलाडी छन् । त्यसैले यो टोलीमा जोश छ।’
प्रशिक्षकले नेपाल युएईको बलियो पक्षबारे राम्ररी जानकार रहेको र सचेत रहेको पनि बताए । ‘प्रशिक्षकको रुपमा धेरै बलिया टोलीहरुसँग खेलेको मसँग अनुभव छ । त्यसैले बलिया टोलीहरुको स्तरबारे जानकार छौं,’ उनले थपे, ‘यूएई पनि राम्रो टोली हो तर हामी तयार छौं ।’
बलियो प्रतिद्वन्द्वी विरुद्धका खेललाई चुनौतिका रुपमा लिने समेत अनेसेले जिकिर गरे । ‘म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु । म उत्साहित पनि छु की बेन्टोजस्ता प्रशिक्षक विरुद्ध मैदानमा आमने सामने हुँदैछु । भोली हामी आफ्नो खेलमा गम्भीर हुनेछौ र उत्कृष्ट प्रदर्शन गर्नेछौ ।’
यस्तै नेपाल दोस्रो चरणमा पुग्ने बारे कसैले विस्वास नगरेको र नेपालले सो उपलब्धि हासिल गरेको समेत उनले बताए ।
दोस्रो चरणको छनोट चरणको पहिलो खेलमा नेपालले युएईसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार रातको ९:३० बजे सुरु हुनेछ । नेपालले त्यसपछि नोभेम्बर २१ मा यमनसँग दोस्रो खेल खेल्न स्वदेश फर्कनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]