2 years ago
November 18, 2023
एजेन्सी – नर्थ म्यासेडोनियामाथि सानदार जित निकाल्दै डिफेन्डिङ च्याम्पियन इटालीले युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई ५–२ को भारी गोल अन्तरले पराजित गर्दै इटालीले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो ।
यस जितले समूह ‘सी’ मा दोस्रो स्थानमा उक्लिएको इटालीको ७ खेलबाट १३ अंक पुगेको छ । समान खेलबाटै युक्रेनको पनि १३ अंक नै छ । अब यि दुई टोलीबीच सोमबार हुने समूह चरणको अन्तिम खेलबाट नै युरो कपमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
स्टेडियो ओलम्पिको रोमामा घरेलु टोली इटालीको जितमा फेडरिको चिइसाले दुई तथा, माटियो डरमिएन, जियाकोमो रस्पाडोरी र स्टेफन अल सरावेले समान एक गोल गरे । नर्थ म्यासेडोनियाका जानी एटानासोभले दुवै गोल गरेपनि जितकाे लागि पर्याप्त बनेन।
खेलको १७औं मिनेटमा नै माटियो डरमिएनको गोलबाट इटालीले खेलमा अग्रता लियो । ४०औं मिनेटमा जर्गिनो पेनाल्टीमा चुकेपनि ४१औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । उनले निकोलो बरेल्लाको पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा चिइसाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि इटाली पहिलो हाफमा ३–० ले अघि रह्यो ।
५२औं मिनेटमा जानी एटानासोभले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ७४औ मिनेटमा जानी एटानासोभले व्यक्तगत दोस्रो गोल गरेपछि खेल ३–२ को रोमाञ्चक स्थितिमा पुग्यो । तर, त्यसपछि इटालीले दुई गोल थप्दै जित पक्का गर्यो ।
८१औं मिनेटमा जियाकोमो रस्पाडोरी र इन्जयुरी समयको थप गरिएको तेस्रो मिनेटमा स्टेफन अल सरावेले गोल गर्दै इटालीलाई सानदार जित दिलाए ।
यो समूहबाट अपराजित रहेको इंग्ल्यान्ड युरो कपमा छनोट भइसकेको छ । एक खेल खेल्न बाँकी रहेको इंग्ल्यान्डले शुक्रबार राति माल्टालाई २–० ले पराजित गरेको छ । इंग्ल्यान्डको ७ खेलबाट १९ अंक पुगेको छ । माल्टा जित र अंकविहीन बनेकोछ । इटालीसँग पराजित नर्थ म्यासेडोनिया ७ अंक जोडेर चौथो स्थानमा छ।
युरो कप २०२४ मा छनोट भएका राष्ट्र
जर्मनी (आयोजक, १४औं पटक), अल्वानिया (दोस्रो पटक), अष्ट्रिया (चौथोपटक), बेल्जियम (सातौं पटक), डेनमार्क (१०औं पटक), इंग्ल्यान्ड (११औं पटक), फ्रान्स (११औंपटक), हंगेरी (पाँचौ पटक), पोर्चुगल (नवौं पटक), स्कटल्यान्ड (चौथौं पटक), स्लोभाकिया (छैटौं पटक), स्पेन (१२औं पटक) र टर्किए (छैटौं पटक)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]