2 years ago
December 8, 2023
एजेन्सी – सिजनको उत्कृष्ट सुरुवात गरेको टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा पुन: एकपटक अग्रता गुमाउँदा हार बेहोरेको छ । विहीबार राती सम्पन्न लन्डन डर्बीमा टोटेनहम वेस्ट ह्यामसँग २-१ ले पराजित भयो ।

खेलमा क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएपनि टोटेनहमले दोस्रो हाफमा गोल खाएको थियो । घरेलु मैदानमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको टोटेनहम दोस्रो हाफमा भने आफ्नै गल्तीले पछि परेको थियो ।
११ औं मिनेटमा पेड्रो पोरोको कर्नरमा रोमेरोले हेडरमार्फत गोल गर्दा अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमा जेरोड बोवेनले गोल गर्दै खेल बराबरीमा ल्याए । स्पर्सका दुई डिफेन्डरलाई लागेर आएको बल उनले गोल गरेका थिए ।
७४ औं मिनेटमा डिफेन्सकै गल्तीमा वेस्ट ह्यामले अग्रता लियो । डेस्टिनी उडोगीको फितलो ब्याक पासमा गोलरक्षक भिकारियो अघि आउन नसक्दा जेम्स वार्ड प्राउजले दोस्रो प्रयासमा गोल गरे ।
यस नतिजासँगै वेस्ट ह्याम १५ खेलमा २४ अंकका साथ नवौं स्थानमा आएको छ । पाँचौ स्थानमा रहेको स्पर्सको १५ खेलमा २७ अंक छ । शीर्षस्थानको आर्सनलक १५ खेलमा ३६ अंक छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]