2 years ago
December 8, 2023
एजेन्सी – सन् २०२४ मा हुने कोपा अमेरिकाको समूह विभाजन विहीबार सम्पन्न भएको छ । साविक विजेता अर्जेन्टिना समूह ए मा रहँदा ब्राजिल समूह डी मा परेको छ ।

अर्जेन्टिनासँग समूह ए मा पेरु र चिली रहेका छन् । समूह चौथो टोलीमा क्यानडा र ट्रीनिडाड एन्ड टोबेगोमध्य एक टोली हुनेछ । यी दुईले मार्च २३ मा प्लेअफ खेल्नेछन् ।
सोहि दिन अर्को प्लेअफमा कोस्टारिका र होन्डुरसले पनि खेल्दैछन् । यसको विजेता भने समूह डी मा ब्राजिल, कोलोम्बिया र पाराग्वेसँग खेल्नेछन् । सुखद नतिजा निकाल्दै गएको अवस्थामा ब्राजिल र अर्जेन्टिनाको भेट एकैपटक फाइनलमा मात्र सम्भव हुने भएको छ ।
समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह सीमा आयोजक अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् ।
सबै ४ समूहका शीर्ष २-२ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछ । समूह विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ । जुन २० मा सुटु हुने प्रतियोगिताको फाइनल मायमीमा जुलाई १४ मा हुनेछ ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]