default_image

2 years ago

December 8, 2023

कोपा अमेरिका २०२४ को समूह विभाजन सम्पन्न

1781 views

0 Bookmark

एजेन्सी – सन् २०२४ मा हुने कोपा अमेरिकाको समूह विभाजन विहीबार सम्पन्न भएको छ । साविक विजेता अर्जेन्टिना समूह ए मा रहँदा ब्राजिल समूह डी मा परेको छ ।

अर्जेन्टिनासँग समूह ए मा पेरु र चिली रहेका छन् । समूह चौथो टोलीमा क्यानडा र ट्रीनिडाड एन्ड टोबेगोमध्य एक टोली हुनेछ । यी दुईले मार्च २३ मा प्लेअफ खेल्नेछन् ।

सोहि दिन अर्को प्लेअफमा कोस्टारिका र होन्डुरसले पनि खेल्दैछन् । यसको विजेता भने समूह डी मा ब्राजिल, कोलोम्बिया र पाराग्वेसँग खेल्नेछन् । सुखद नतिजा निकाल्दै गएको अवस्थामा ब्राजिल र अर्जेन्टिनाको भेट एकैपटक फाइनलमा मात्र सम्भव हुने भएको छ ।

समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह सीमा आयोजक अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् ।

सबै ४ समूहका शीर्ष २-२ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछ । समूह विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ । जुन २० मा सुटु हुने प्रतियोगिताको फाइनल मायमीमा जुलाई १४ मा हुनेछ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.