2 years ago
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ मा जित दर्ता गर्न बाँकी रहेका दुई टोली झापा फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले पाएको अवसर सिर्जना गर्न नसक्दा जितबाट बन्चित रहे । झापाले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको थियो । दोस्रो हाफको अन्तिम २० मिनेट १० खेलाडीमा सिमित झापाविरुद्ध वीरगन्जले अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँडिएको थियो ।
पहिलो हाफमा झापाले आक्रमणमा निकै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । वीरगन्जका गोलरक्षक दीप कार्कीले लगातार राम्रो बचाउ गर्दै खेललाई गोलरहित नै राखेका थिए । झापाका डिफेन्डर समन्दर ओचिलोभको प्रहार पोस्टमा लाग्दा झापा अग्रता लिनबाट बन्चित भएको हो ।
दोस्रो हाफमा रणनीति परिवर्तन गर्ने क्रममा वीरगन्जले दुई परिवर्तन गर्यो । ५ डिफेन्डरका साथ खेल सुरु गरेको वीरगन्जले अघिल्लो खेलजस्तै दोस्रो हाफमा जय गुरुङ र कृपाकान्त महतोलाई मैदान पठाएको थियो । त्यसको फलस्वरूप टोलीले सुरुवाती ५ मिनेटमै २ सुवर्ण अवसर पायो । तर पहिलोमा कुपिकको उत्कृष्ट बचाउ र दोस्रोमा कमजोर फिनिसिङका कारण अग्रता लिन सकेन ।
वीरगन्जले एकपछि अर्को अवसर सिर्जना गरेपनि कुपिकलाई समस्या दिन सकेन । अन्तिम २० मिनेट भने झापा १० खेलाडीमा सिमित भएर खेल्यो । योगेश गुरुङले काउन्टर अट्याक बढेको अवस्थामा ओपोकुलाई हातले तानेर लडाएपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।
वीरगन्जले मैदानमा खेलाडी संख्या बढी भएपनि अवसर भने त्यस अनुरुप सिर्जना गर्न सकेन । अन्तिम मिनेटमा तेजको फ्रिकिक क्रसबारमा लाग्दा वीरगन्ज पहिलो जितबाट बन्चित भएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा झापाका उज्ज्वल राईको प्रहार क्रसबारमा लाग्दा झापा ३ अंकबाट बन्चित भयो ।
दुवै टोलीले यस नतिजासँग लिगमा स्थान बदल्न सकेनन् । पुछारको वीरगन्जको ४ खेलमा २ अंक छ भने आठौं स्थानमा रहेको झापाको ४ खेलमा ३ अंक छ ।

नवौं मिनेटमा वीरगन्जका सुभाष गुरुङको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । ११औं मिनेटमा झापाका लक्ष्मण रुचालले बक्सको बाहिर खेलेको कर्नरमा समन्दर ओचिलाेभले गरेको प्रहार सिधै दीपको हातमा जान पुग्यो ।
१२औं मिनेटमा झापा पुनः गोल गर्नको धेरै नजिक पुग्यो । ओचिलोभले नै बक्स बाहिरबाट लिएको प्रहार पोस्टमा लागेर फर्कियो । दीपले डाइभ गरेपनि बलसम्म पुग्न सकेका थिएनन् ।
१६औं मिनेटमा भिषण गुरुङको प्रहार डिफ्लेक्ट भएर ओबेद ओसुवुको खुट्टामा पुगेको थियो तर उनले सिक्स यार्ड बक्सको छेउ बाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
१८औं मिनेटमा झापाले लगातार तीन कर्नर किक पाएको थियो तर तीन ओटै कर्नरमा झापाका खेलाडीले हेडर जित्न सकेनन् ।
२५औं मिनेटमा झापाका जोर्गे सान्चेजको प्रहार सिधै दीपको हातमा जान पुग्यो । २७औं मिनेटमा सुमित श्रेष्ठको क्रस दिवाकर चौधरीले सान्चेज सामु पुग्नु अघि क्लियर गरिदिए ।
३०औं मिनेटमा सुमितले आवासको लागि राम्रो थ्रु बल खेलेका थिए र सान्चेज फार पोस्टमा खाली थिए टर आवासले गर्न खोजेको क्रस पोस्ट पछाडि बाहिरियो ।
३२औं मिनेटमा लक्ष्मण रुचालले ठूलो मौका खेरा फाले । आवासको लामो पासमा उनी बक्स भित्र पुगेर बल नियन्त्रणमा लिए तर उनको।प्रहार भने सिधै दीपको खुट्टामा जान पुग्यो ।
३५औं मिनेटमा रूचालकै क्रसमा बक्समा खाली रहेका सान्चेजले हेडर प्रहार गर्न सकेनन् । ३९औं मिनेटमा वीरगन्जका तेज तामाङले गरेको क्रसमा सुभाष गुरुङको हेडर सिधै कुपिचको हातमा पुग्यो ।
४३औं मिनेटमा छिरिङ गुरुङको लामो पासमा सान्चेजको प्रहार दीपले बचाए । थपिएको समयमा दिपेन्क ठकुरीले बक्समा हातले बल छोएपछि झापाले पेनाल्टीमा अपील गरेको थियो तर रेफ्रीले पेनाल्टी भने दिएनन् ।
दोस्रो हाफको पहिलो मिनेटमै वीरगन्जको गोल गर्ने अवसरमा सर्बियन गोलरक्षक स्टेफान कुपिकले राम्रो बचाउ गरे । कृपा कान्त महतोले दायाँ विंगबाट गरेको क्रस पोस्टमा लागेर फर्केपछि विलियम ओपोकुले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार कुपिकले बचाए । ओपोकुले नजिकबाट गरेको प्रहारमा जिउ खोलेर डाइभ दिएका उनको खुट्टामा लगेर बल फर्किएको थियो ।
५१ औं मिनेटमा विलियमले बायाँ विंगबाट दिएको लो क्रसमा ओबेद ओवोसुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको पहिलो टचको प्रहार पोस्टमाथि आकासियो ।
७४ औं मिनेटमा झापाका डिफेन्डर योगेश गुरुङले विलियम ओपोकु अफसाइड ट्रयाप बिट गरेर अघि बढ्दा उनलाई लडाएर रातो कार्ड पाए । लास्ट म्यान रहेका ओपोकु वन भर्सेस वनको अवस्थामा पुग्ने भएपछि योगेशले जानाजान लडाएका थिए । त्यसपछि फ्रिकिकमा ओपोकुको फ्रिकिक वालमा लागेर बाहिरियो ।
८९ औं मिनेटमा तेज तामाङको फ्रिकिक क्रसबारमा लाग्दा वीरगन्ज अग्रता लिन सकेन । तेजले पेनाल्टी क्षेत्रबाहिर बायाँ भागबाट गरेको प्रहारमा गोलरक्षक कुपिक बिट भएपनि क्रसबारले बललाई गोल हुन दिएन । इन्ज्युरी समयको अन्तिम मिनेटमा झापाका लागि पनि क्रसबार नै बाधक बन्यो ।
शनिबार लिग अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् । दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसी तथा साँझ ५ बजे काठमाडौं रेजर्स र बुटवल लुम्बिनी खेल्नेछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]