default_image

2 years ago

December 12, 2023

तथ्यांकमा एनएसएलको मध्यान्तर

1695 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाल सुपर लिग २ अन्तर्गत प्लेअफसहित कुल ४० खेलमा २१ खेल सम्पन्न भएका छन् । लिगको उत्तर्रार्द्धमा अघि बढ्दा हालसम्म झापा एफसी र वीरगन्ज युनाइटेडले मात्र जित निकाल्न बाँकी छ । धनगढी र ललितपुर लिगमा अपराजित छन् ।

इलामको ७२ प्रहार – मात्र ४ गोल

स्पोर्टिङ इलाम डे मेची एफसी यस प्रतियोगितामा हालसम्म सबैभन्दा बढी गोलका लागि सट प्रहार गर्ने टोली हो । इलामले ५ खेलमा ७२ प्रहार गर्दा २९ टार्गेटमा रहेर ४ गोल मात्र सम्भव भएको छ । प्रतियोगितामा ५ खेल खेल्दा सबै खेलमा कम्तिमा १३ सट प्रहार गरेको छ ।

इलामले दुई पटक पेनाल्टी चुकाएको इलामले दुई खेलमा भने गोल गर्न सकेन । ५ खेलमा १ जित, १ बराबरी र ३ हारको नतिजासहित इलाम अंक तालिकाको तल्लो भागमा छ । इलामले अब बुधबार वीरगन्ज, शनिबार चितवन र आफ्नो अन्तिम खेलमा आइतबार ललितपुरको सामना गर्नेछ ।

क्लबले सेनेगलबाट युवा खेलाडी अनुबन्ध गरेको छ । तर अनुभवको कमी रहँदा अवसर सदुपयोग गर्न नसकेको प्रशिक्षक मेघराज केसी पनि स्वीकार्छन् । संयोगवश इलामको सबै ४ गोल ४ फरक विदेशी खेलाडीबाट आएको छ ।

सट प्रहार गर्नेमा बुटवल लुम्बिनी ५१ सटसहित दोस्रो स्थानमा छ । यसमध्य २४ सट टार्गेटमा रहेका छन् । सबैभन्दा कम प्रहार गर्ने टोली वीरगन्जले ३७ सट लिँदा १३ मात्र टार्गेटमा छन् ।

ललितपुरको २ दर्जन अफसाइड

प्रतियोगिताको ५ खेलमा ७ गोल गर्दै ललितपुर सबैभन्दा धेरै गोल गर्ने टोली बनेको छ । आक्रमणमा इमोह इजेकेललाई मुख्य हतियार बनाएको ललितपुरको गतिले धेरै डिफेन्सलाई समस्या दिएको छ । तर सँगसँगै सहायक रेफ्रीले यसक्रममा २४ पटक अफसाइड दिएका छन् ।

ललितपुरले ४२ प्रहारमा २४ टार्गेटमा राख्दा ७ गोल गरेको छ । यसक्रममा टोलीले २३ पटक कर्नर पनि जितेको छ । फ्रान्सेली फरवार्ड पापा इबु केबेले २ गोल गर्दा अन्य ५ खेलाडीले १-१ गोल गरेका छन् ।

झापा – गरेको गोल १ खाएको २

झापा एफसीमा गोलको खडेरी लाग्नुले पनि टोलीको लिगमा स्थान माथि आउन सकेको छैन । ४ खेल खेलेको झापाले ४३ सट लिँदा २४ प्रहार टार्गेटमा राखेको छ । तर यसबाट हालसम्म क्लबले मात्र १ गोल गरेको छ । उक्त गोल इन्ज्युरी समयमा डिफेन्डर समन्दर ओचिलोभले गरेका थिए ।

झापाले २५ कर्नर प्राप्त गर्दा कुनैको सदुपयोग गर्न सकेको छैन भने २ खेलमा क्लिन सिट राखेको छ । ३ खेलमा बराबरी र १ खेलमा पराजय भोगेको झापाका खेलाडी १५ पटक अफसाइड परेका छन् । हालसम्म ३ टोलीका खेलाडीले रातो कार्ड पाउँदा झापा मात्र २ रातो कार्ड पाउने टोली हो ।

कार्डमा बुटवलको अग्रता

बुटवल लुम्बिनीले ५ खेलमा १२ पहेंलो कार्ड राप्त गरिसकेको छ । झापाले ४ खेलमा ११ कार्ड पाउँदा आज बुटवललाई उछिन्ने सम्भावना छ । यता चितवन र ललितपुरले भने ५ खेलमा ५-५ पहेंलो कार्ड मात्र पाएका छन् । चितवनको नाममा भने एक रातो कार्ड पनि छ ।

चितवनको कमजोर डिफेन्स

एनएसएल २ मा चितवन ८ गोल खाएर सबैभन्दा बढी गोल खाने टोली बनेको छ । मार्को इभानोभिच र मुबारक युसुफलाई सेन्टर डिफेन्समा खेलाएपनि कप्तान विशाल श्रेष्ठ लामो दुरीबाट गोल खाँदा समस्यामा परेका छन् ।

दोस्रो स्थानमा बुटवलले ६ गोल खाएको छ । चितवन र बुटवलले लिगको सबै खेलमा गोल खाएको अवस्था छ । हालसम्म झापाले ४ खेलमा २ गोल मात्र खाएको छ । क्लिन सिटमा भने ललितपुर र पोखराले ३-३ खेलमा गोल खाएका छैनन् ।

भारतीय रेफ्रीलाई ९ खेल

लिगको २१ खेल सकिँदा मुख्य रेफ्रीमा २ भारतीयले ९ खेल खेलाएका छन् । राम दशनले ५ खेल खेलाउँदा सुरोजित दासले ४ खेलमा जिम्मेवारी लिएका छन् । नेपाली रेफ्रीमा नविन्द्र महर्जनले ४, प्रज्वल क्षेत्रीले ३, उमेश विडारी र कविन ब्यन्जनकारले २-२ तथा श्याम दनुवारले १ खेल खेलाएका छन् ।

सबैभन्दा बढी पहेंलो कार्ड देखाउनेमा राम दशन र नविन्द्र महर्जनले १८-१८ पहेंलो कार्ड देखाएका छन् । रामले २ रातो कार्ड पनि दिएका छन् ।

एनएसएलको सम्पूर्ण तथ्यांक विस्तृत रुपमा हेर्न यहाँ थिच्नुहोस

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.