2 years ago
January 28, 2024
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
साविक विजेता संकटा क्लबलाई आइतबार ३-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे।
पहिलो हाफको अन्तिम मिनेटमा जिलेस्पीले गोल गर्दे टोलीलाई अग्रता दिलाए। आर्मीका कप्तान भरत खवासको क्रसमा अनमार्क रहेका जिलेस्पीले हेडमार्फत गोल गरेका हुन् ।
४९ औं मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्दै अन्तर दोब्बर पार्यो । दिनेशले पेनाल्टीमा गोल गरे। दिनेशको प्रहारमा संकटाका कुलिदप कार्कीले ह्याण्ड भएपछि आर्मीले पेनाल्टी पाएको हो ।

दिनेशले टोलीका लागि तेस्रो गोल ७६ औं मिनेटमा गोल थपे। जिलेस्पीको पासमा उनले गोल गरेका हुन् ।
संकटाले सिधै बाइ पाएर क्वाटरफाइनलमा खेलेको हो भने आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम आठमा पुगेको थियो। ४ पटक फाइनल खेलेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकप जितेको छैन । दुई पटकको विजेता संकटा यसपटक पहिलो खेलमै पराजित भएको छ ।
आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ गते खेल्नेछ। थ्री स्टार भुटानको पारो एफसीलाई हराउँदै शनिबार सेमिफाइनलमा पुगेको थियो।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सोमबार दुई ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।
जावलाखेल अर्को ए डिभिजन टोली मछिन्द्र क्लबलाई १-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो। मनाङले सिधै क्वाटरफाइनलमा मौका पाएको थियो।
आहा रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
–आर्मी ३-० ले जितेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]