default_image

10 years ago

September 23, 2015

विमलको आगमनसंगै सुदुरको प्रदर्शनमा सुधार

204 views

0 Bookmark

राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन|

Bimal Gharti Magar

विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको खेलमा डेब्यु गरेका विमलले त्यस खेलमा सुदुर १-०ले पछी परेको स्थितिमापेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए| सो खेलमा सुदुरले ३-१ले विजयी भयो भने विमलले म्यान अफ त म्याचको पुरष्कार पाएका थिए|

सुदुरका लागि दोश्रो र तेश्रो खेल बाहिरी जिल्लाका टोलि झापा ११ र मोरंग संग खेलेका विमलले मोरंग विरुद्धको ५-१को जितमा पनि गोल गरेका थिए| झापा ११ जस्तो सशक्त टोलीलाई उसकै घरेलु मैदानमा १-१ को बराबरीमा रोक्दा सुदुरले १-०को अग्रता गुमाउन परेको थियो|

सुदुर अहिले अंक तालिकामा १४ अंकसहित चौथो स्थान मनाङ र ए.पी.एफजस्ता टोलीभन्दा माथि छ| सुरुको आठ खेलमा सात अंक मात्र जोड्न सकेको सुदुरले विमलको आगमनसंगै जम्मा तिन खेलमै सात अंक जोडिसकेको छ| विमलसंगै तेज तामाङ पनि सुदुर टोलीमा भर्खर खेल्दै छन्|

सुदुरको टोलीमा साफ विजेता यु१९ टोलीका गोलकिपर देव लिम्बु, डिफेन्डर अनन्त तामाङ, दिनेश राजबंशी, आकाश थापा, अमित तामाङ, सुदन थापा, गौरब थापा, मिडफिल्डर हेमन्त थापा मगर, सुनिल बल,  र फरवार्ड शिव सुबेदी र जनोम मान लिगल पनि छन्|

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.