default_image

2 years ago

February 27, 2024

नेपाल एक गोलले पछाडि

1850 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाल लेबनान विरुद्ध मध्यान्तरसम्म एक गोलले पछि परेको छ । नेपालकी राइट-ब्याक पूजा रानाको आत्मघाती गोलले गर्दा नेपाल खेलमा पछि परेको हो ।

नेपालले पछिल्लो खेलहरुमा जस्तो खेलमा पकड बनाउन सकेको छैन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको सदुपयोग भने गर्न सकेको छैन ।

तेस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । १३औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर खेर फालिन् । पूजाले आफ्नो हाफबाट खेलेको लामो बल लेबनानले क्लियर गर्न नसकेपछि बनेको वान अन वान अवसरमा उनले पोस्टभन्दा बाहिर प्रहार गरिन् ।

१४औं मिनेटमा साम्बाले बक्स बाहिरबाट लिएको प्रहार पोस्टतर्फ जान सकेन । २०औं मिनेटमा लेबनानकी लैला इस्कन्दरको प्रहार नेपाली गोलकिपर एन्जिला सुब्बाले सहजै समातिन् । २८औं मिनेटमा रेखाको अर्को लङ रेन्ज प्रहार पोस्टको दिशामा रहेन ।

३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुग्यो । पूजाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो । ४२औं मिनेटमा अमिषा कार्कीको क्रस साम्बासम्म पुग्न सकेन ।

नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । उता लेबनानले भने गुआम र साउदी अरेबियामाथि जित हात पारेको थियो । जोर्डन विरुद्ध पराजित हुदै समूह उपविजेता बन्दै लेबनान सेमिफाइनल प्रवेश गरेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.