default_image

2 years ago

March 4, 2024

पहिलो हाफमै नेपालको ३ गोल

4675 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ ।

एन्फा कम्पलेक्समा चलिरहेको खेलको पहिलो हाफमा नेपाल ३-० ले अघि छ । नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १-१ गोल गरे ।

खेलको १४ औं मिनेटमा नेपालले अग्रता लियो । पुजा गिरीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको फितलो प्रहार गोलरक्षक केल्जाङ वाङमोले रोक्न नसक्दा नेपाल अघि बढेको हो । त्यसको ४ मिनेटपछि नै कप्तान भुमिका बुढाथोकीले नेपालको अग्रता दोब्बर पारिन् ।

२८ औं मिनेटमा छोर्तेन जाङमोको प्रहारमा गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गर्दै २-० को अग्रता जोगाइन् । लगत्तै अर्कोतर्फ नेपालले गोल थप्यो । ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भयो । गोलरक्षक वाङमोले फ्रिकिकमा हात लगाएपनि जोगाउन भने सकिनन् ।

३८ औं मिनेटमा भुटानले गोल फर्काउने अवसरको सदुपयोग गर्न सकेन । पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा भुटान सफल भएन । छिरिङ ल्हामोको प्रहार गोलरक्षक झरना डुम्राकोटीले बॅायातर्फ डाइभ दिएर विफल पारिन् ।

पहिलो खेलमा नेपाल बंगलादेशसॅग २-० ले पराजित भएको थियो । भारतले भुटानलाई ७-० ले हराएको थियो । मंगलबार भारत र बंगलादेश खेल्नेछन् । शीर्ष दुई टोलीबीच फाइनल आइतबार हुनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.