default_image

9 years ago

January 30, 2017

झापा गोल्ड कप: हिमालयन शेर्पाको नाटकीय जित

144 views

0 Bookmark

दिपक बोहोरा

झापा –  झापामा जारी रमपम झापा गोल्ड कप अन्तरगत सोमबारको खेलमा ३ बर्ष पछि घरेलु फुटबलमा फर्केको हिमालयन शेर्पा क्लबले एपिएफ क्बललाइ ट्रइबेकरमा ३–२ गोल अन्तरले हराउदै हिमालयन शेर्पा क्लब रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

himalayan-sherpa-goal

फोटो: सुरेन दाहाल

अघिल्लो महिना काँकरभित्तामा मेचि नेत्रालय काँकरभित्ता गोल्ड कपमा झापा ११ संग पराजित भएको हिमालय शेर्पा क्लब त्यसको भोलि पल्टनै पाँचथरमा भएको फाल्गुनन्द गोल्ड कपमा पनि पराजित भएको थियो । आजको जितसंगै पुर्वमा हिमालयन शेर्पा क्लबको पराजयको यात्रा टुङगीएको हो ।

पहिलो हाफ गोल रहित बराबरमा सकिएको खेलमा ५५ औ मिनेटमा एफिएफका युब राज खड्काले हेड बाट उत्कृष्ट गोल गर्दा एपिएफले अग्रता लिएको थियो । ७५ औ मिनेटमा पुन युब राज खड्काले गोल गर्दै आफ्नो टिमको अग्रता दोब्बर पारेका थिए । तर खेलको ८७ औ मिनेटमा हिमालयनका सुनिल बलले गोल गर्दै अग्रता घटाएका थिए । त्यसको १ मिनेट पछि हिमालयनका निशान लिम्बुले गोल गर्दै खेल २ को बराबरीमा पुराएका थिए । निर्धारीत समयमा २ गोलको बराबरी भए पछि खेलमा २० मिनेट थपिएको थियो ।

थपिएको समयमा पनि दुबै टिमबाट कुनै गोल नभए पछि खेल ट्राइबेकरमा धकेलीएको थियो । ट्रइबेकरमा एपिएफका सुदिप शिखाकारको प्रहार हिमालयनका किपर किशोर गिरीले सेभ गरेका थिए भने एपिएका कप्तानको प्रहार बारमा लागेर फकिएको थियो । सन्तोष कटुबालको प्रहार पनि गिरीले बचाएका थिए । एपिएफका राजेन्द्र राबल र नबिन लामा ले गोल गरेका थिए । हिमालयनको लागी भने हेमन गुरुङ, निराजन खङका ,निशान लिम्बुले गोल गरे । भने भुपाल गुरुङ र सुनिल बलल गोल गर्न सफल भएनन ।

हिमालयन शेर्पा क्लबले सेमिफाइनलमा आयोजक झापा ११ र सुदुर पश्चिमको बिजेता संग माग २१ गते खेल्ने छ । आजको खेलमा हिमालयन शेर्पा क्लबका किपर किशोर गिरी म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु ७ हजार प्राप्त गरे ।

झापा गोल्डकपमा भोलिको खेल

-रुपन्देहि ११ बिरुद्ध त्रिभुवन आर्मि क्लब

 

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.