9 years ago
January 30, 2017
पोखरा (हाम्रो खेलकुद ) – नेपालका पूर्व राष्ट्रिय खेलाडी एवंम् पोखरा निवासी बसन्त गौचनले नेपालका यू १२ का खेलाडीलाई जापान लैजाने भएका छन । उनले नेपालको फुटबल विकासका लागि भन्दै गत वर्ष बाट जापान लैजान थालेका हुन् ।

जापानमा हरेक वर्ष संचालन ‘कोपा तोरेरस’ फुटबल प्रतियोगिताका लागि १२ जना खेलाडीहरु मार्चको अन्तिम साता जापान जाने भएका हुन । उक्त प्रतियोगिता गौचन कार्यरत जापानी प्रतिष्ठित संस्था फन रुट्स एकेडेमीले आयोजना गर्दै आइरहेको छ । १२ जना खेलाडीलाई लाग्ने हवाइ यातायात बस्ने खाने खर्च सवै बसन्तले नै गर्ने भएका हुन । उनी दुई वर्ष देखी उक्त संस्थामा प्रशिक्षकको भुमिका निर्वाह गर्दै आएका छन ।
करिव १० वर्ष देखी जापानमा कार्यरत गौचन फुटबल मोहले नै उक्त क्लव संग आवद्ध भएको बताए । उनले खेलाडी जापान लैजान जापानी नेपाली संस्था र व्यक्तीहरु संग मिलेर च्यारिटी मार्फत संकलन गरेको बताए । उनले भने–“यति धेरै जना जापान लैजानु चुनौती नै छ तर नेपाली लगाएत फन रुट्सकै अध्यक्षले समेत नेपाली खेलाडीको स्किल राम्रो देखेर फेरी निम्तो दिएका हुन, नेपाली फटबलर भएको नाताले मलाई खुसी लागेको छ, कम्तीमा नेपाली फुटबल केही गर्न सकीन्छ कि भन्ने आशा जागेको छ ।”
प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागिता गराउन एनआएन जापान, तिलक मल्ल, शरद गौचन, प्रकाश तुलाचन लगाएतले सहयोग गरेको बसन्त गौचनले जानकारी दिए । प्रतियोगितामा ३२ भन्दा वढी देशका टिमको सहभागिता रहने उनले बताए । गत वर्ष खेलाडी जापान लैजाँदा २५ लाख खर्च लागेको उनले बताए ।

प्रतिायेगितामा १२ जना १२ वर्ष मुनिका खेलाडी समेत छनौट भइसकेका छन । जापान जाने खेलाडीमा पुर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङ्गले संचालन गरेको आर.टी ट्रेनिङ्ग सेन्टरका ९ जना छन भने रुपन्देही एकेडेमी बाट दुइ र नेशनल स्र्पोट्स सेन्टर काठमाडौं बाट एक जना रहेका छन ।
छनौटमा परेका हरुमा कृतन थापा (गोल किपर), संगम गुरुङ्ग (गोल किपर), संगम गैरे (डिफेन्स), कालिदास विक (डिफेन्स), निखिल कार्की (डिफेन्स), प्रसान्त सुनार (डिफेन्स), बिक्रम गौतम (मिडफिल्ड), निराजन खत्री (मिडफिल्ड), देव गुरुङ्ग (मिडफिल्ड), निश्चल जिशी (फर्वाड) र निश्चय उप्रती (फर्वाड) रहेका छन ।
गौचनले पोखरामा आएको बेला विभिन्न ट्रेनिङ्ग सेन्टरमा प्रशिक्षणमा रहेका यू१२ का करिव १ सय २८ जना खेलाडीलाई फुटबल बुट लगाएत अन्य खेल सामग्री समेत प्रदान गरे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]